भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

पहाडी र उच्च हिमाली क्षेत्रमा मौसममा परिवर्तन

पहाडी र उच्च हिमाली क्षेत्रमा मौसममा परिवर्तन

काठमाण्डौ । पहाडी र उच्च हिमाली क्षेत्रमा मौसममा परिवर्तन भएको छ । मंगलबार पश्चिम नेपालका सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी क्षेत्रको मौसम परिवर्तन भएको हो ।

पश्चिमी वायुका कारण अहिले बादल लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले तराईका केही ठाउँमा हुस्सु र कुहिरो लागेको भए पनि दिउँसो हट्ने अनुमान छ । देशका बाँकी ठाउँमा आजको मौसम सामान्यतया सफा रहेको छ ।

मंगलबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ । दिउँसो कोशी, मधेश, बाग्मती र लुम्बिनी प्रदेशमा आंशिक बदलीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.