भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

चङ्खेलीको मासिधारामा टेलिफोन सेवा अवरुद्ध

चङ्खेलीको मासिधारामा टेलिफोन सेवा अवरुद्ध

हुम्ला, ८ असार । हुम्लाको चङ्खेली गाउँपालिकामा एक हप्तादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । टेलिफोन सेवा अवरुद्ध हुँदा त्यहाँका स्थानीयबासी सञ्चारसेवाबाट वञ्चित भएका छन् ।

चङ्खेली गाउँपालिका–६ मा रहेको मेल्छामको मासिधारामा रहेको टावर बिग्रेका कारण गएको असार १ गतेदेखि सञ्चार सेवा अवरुद्ध भएको स्थानीय हिराबहादुर शाहीले बताउनुभयो ।

टेलिफोन सेवा अवरुद्ध हुँदा मेल्छाम, मासिधारा, दार्मा, पुमालगायत गाउँका बासिन्दा सञ्चार सेवाबाट वञ्चित भएका छन् । यस्तै जिल्लाको तल्लो भेगमा रहेको अदानचुली गाउँपालिकामा टेलिफोनमा समस्या देखिएको छ ।

फोन नलाग्ने र फोन गर्न खोज्दा काटिने स्थानीयबासी कुसुम बुढाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘महिनादेखि टेलिफोनले काम गरिरहेको छैन, जिल्लाबाहिर रहेका आफन्तसँग फोनमा राम्रोसँग कुराकानी हुन पाएको छैन ।’ रासस

 


Thali Mobile Pvt.Ltd.