भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

तटीय क्षेत्रमा विशेष सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाकाे अनुरोध

तटीय क्षेत्रमा विशेष सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाकाे अनुरोध

काठमाडौं, १ असार । लगातारको वर्षाका कारण देशका विभिन्न नदी तथा खोलाहरूमा पानीको सतह तीव्र रूपमा बढ्दै गएको छ। धनकुटाको मछुवाघाटअन्तर्गत कोशी नदी र सिन्धुलीको रानीचुरीअन्तर्गत कमला नदीमा पानीको सतह खतराको तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले मकवानपुरको हेटौंडा र रजैया क्षेत्र, धनुषाको चिसापानी क्षेत्र, बारा र रौतहटको रजुवा र चन्द्रपुर आसपासका खोलाहरूमा पनि पानीको बहाव तीव्र हुने अनुमान गरिएकोले तटीय क्षेत्रमा विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ।

देशका अन्य भूभागमा समेत मध्यमदेखि भारी वर्षा जारी रहेकाले सम्भावित बाढी, डुबान र पहिरोको जोखिमलाई ध्यानमा राख्दै पूर्वतयारी र सजगता अपनाउन विज्ञहरूले सुझाव दिएका छन्।

 


Thali Mobile Pvt.Ltd.