भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

तटीय क्षेत्रमा विशेष सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाकाे अनुरोध

तटीय क्षेत्रमा विशेष सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाकाे अनुरोध

काठमाडौं, १ असार । लगातारको वर्षाका कारण देशका विभिन्न नदी तथा खोलाहरूमा पानीको सतह तीव्र रूपमा बढ्दै गएको छ। धनकुटाको मछुवाघाटअन्तर्गत कोशी नदी र सिन्धुलीको रानीचुरीअन्तर्गत कमला नदीमा पानीको सतह खतराको तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले मकवानपुरको हेटौंडा र रजैया क्षेत्र, धनुषाको चिसापानी क्षेत्र, बारा र रौतहटको रजुवा र चन्द्रपुर आसपासका खोलाहरूमा पनि पानीको बहाव तीव्र हुने अनुमान गरिएकोले तटीय क्षेत्रमा विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ।

देशका अन्य भूभागमा समेत मध्यमदेखि भारी वर्षा जारी रहेकाले सम्भावित बाढी, डुबान र पहिरोको जोखिमलाई ध्यानमा राख्दै पूर्वतयारी र सजगता अपनाउन विज्ञहरूले सुझाव दिएका छन्।

 


Thali Mobile Pvt.Ltd.