भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

कोशी र कर्णालीका पहाडी भागमा ठूलो वर्षाको सम्भावना, पाल्पामा मध्यम वर्षा मापन

कोशी र कर्णालीका पहाडी भागमा ठूलो वर्षाको सम्भावना, पाल्पामा मध्यम वर्षा मापन

काठमाडौँ, २२ भाद्र । आज कोशी र कर्णाली प्रदेशका पहाडी एक–दुई स्थानमा ठूलो वर्षा पर्न सक्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद्हरूका अनुसार सिक्किम आसपासको निम्नचापीय क्षेत्रको प्रभाव नेपालका पूर्वी भागमा परेको छ।

पछिल्लो तीन घण्टामा पाल्पाको कुमालगाउँ वर्षामापन केन्द्रमा ३७.८ मिलिमिटर वर्षा मापन गरिएको छ, जसलाई मध्यम वर्षा मानिन्छ। अन्य थोरै स्थानमा पनि गएराति हल्कादेखि मध्यम वर्षा भएको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा मौसम सामान्यतया बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली हुने अनुमान गरिएको छ।

पहाडी भागका केही ठाउँ र अन्य थोरै क्षेत्रमा मध्यम वर्षाको सम्भावना पनि रहेको छ। आज राति कोशी र मधेश प्रदेशसहित देशका पहाडी भागमा सामान्य बदली रहने र अन्यत्र आंशिक बदली रहने जनाइएको छ।

 


Thali Mobile Pvt.Ltd.