भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

नेपाल–चीनबीच चारवटा परियोजनामा सहकार्य, बोनम्यारो ट्रान्सप्लान्टेशनसमेत सामेल

नेपाल–चीनबीच चारवटा परियोजनामा सहकार्य, बोनम्यारो ट्रान्सप्लान्टेशनसमेत सामेल

काठमाण्डौ, ५ साउन । नेपाल र चीनबीच चारवटा परियोजनामा सहयोग गर्ने समझदारी भएको छ। आज उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबीच भएको भेटवार्तापछि उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो।

समझदारीपत्रअनुसार, भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो ट्रान्सप्लान्टेशन निर्माण परियोजना, निजामती कर्मचारी अस्पतालको विस्तारका लागि सम्भाव्यता अध्ययन, दुई देशबीच मानव संशाधन विकास, र रसुवागढी–केरुङ अन्तरदेशीय विद्युत प्रसारण लाइन निर्माणको सम्भाव्यता अध्ययन गरिनेछ।

यसैगरी, सिड्काका अध्यक्ष सियाओदोङ्गले रसुवामा केही समयअघि बाढीले क्षति पुर्‍याएको भौतिक संरचनाको पुनर्निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। भौतिक संरचनाहरूको पुनर्निर्माणमा आवश्यक सहयोग र भन्सार प्रक्रिया छिटो सञ्चालन गर्न पहल गर्ने जानकारी पनि सचिवालयले दिएको छ।

 


Thali Mobile Pvt.Ltd.