भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

नेपालमा बालविवाहको दर अझै उच्च, वार्षिक ५४ हजारभन्दा बढी बालबालिका १८ वर्षभन्दा कम उमेरमै विवाह

नेपालमा बालविवाहको दर अझै उच्च, वार्षिक ५४ हजारभन्दा बढी बालबालिका १८ वर्षभन्दा कम उमेरमै विवाह

काठमाडौँ, ५ साउन । नेपालमा बालविवाहको दर अझै पनि उच्च रहेको सरकारी तथ्याङ्कले देखाएको छ। राष्ट्रिय बाल अधिकार परिषद्को बालबालिकासम्बन्धी राष्ट्रिय प्रतिवेदन २०८१ अनुसार प्रत्येक वर्ष ५४ हजारभन्दा धेरै बालबालिकाले १८ वर्षभन्दा कम उमेरमै विवाह गर्ने गरेका छन्।

परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले आज प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिको बैठकमा प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ कि बालविवाह गर्ने बालबालिकामध्ये करिब ७ प्रतिशत १० देखि १४ वर्षका उमेर समूहमा पर्ने गरेका छन्।

त्यसैगरी, बालबालिकाको स्वास्थ्यसम्बन्धी तथ्याङ्क पनि चिन्ताजनक रहेको छ। अधिकारी चन्दले पाँच वर्षमुनिका १९ प्रतिशत बालबालिकाको तौल सामान्यभन्दा कम रहेको जानकारी दिनुभयो।

बालविवाह र बालबालिकाको स्वास्थ्य अवस्थाले मुलुकको सामाजिक र आर्थिक विकासमा ठूलो प्रभाव पार्ने भएकाले यस विषयमा अझै सक्रिय कदम चाल्न आवश्यक रहेको प्रतिवेदनमा सुझाव दिइएको छ।

 


Thali Mobile Pvt.Ltd.