भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

घाइते २२ जनामध्ये ५ जनाको अवस्था गम्भीर, एकको मृत्यु

घाइते २२ जनामध्ये ५ जनाको अवस्था गम्भीर, एकको मृत्यु

चितवन । भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ मुग्लिन सडक खण्डको १७ किलोमा दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । दुर्घटनामा १७ वर्षीय किशोरको मृत्यु भएको छ । मृतकको सनाखत नभएको प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले बताए । १३ जनाको मध्यम र ३ जनाको अवस्था सामान्य रहेको डीएसपी रिजालले जानकारी दिए ।

घाइते हुनेहरु अधिकांश प्युठान र अर्घाखाँचीका छन् । गए राति काठमाडौँबाट प्युठानतर्फ जाँदै गरेको बा ४ ख ९०८६ नम्बरको बस, नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना ३ ख ७९१५ नम्बरको डिब्बा ट्रक, काठमाडौँबाट बर्दिबास जाँदै गरेको ना ७ ख ३२४८ नम्बरको बस र वीरगन्जबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ८९६८ नम्बरको बस आपसमा ठोक्किएको हो ।

घाइते हुनेमा
सुधन केसी, २८ वर्ष प्युठान नौबैनी गाउँपालिका–७
निरज केसी, ३६ वर्ष प्युठान नगरपालिका–१०
निर्मला भुषाल, ३६ वर्ष प्युठान मालारानी गाउँपालिका–२

सुरज सुनार, २५ वर्ष प्युठान गौमुखी गाउँपालिका–७
पवित्रा दर्लामी, २९ वर्ष अर्घाखाँची सितागंगा नगरपालिका–८
पुरन गिरी, २८ वर्ष प्युठान झिम्रुम नगरपालिका–७

समिर के एम, २० वर्ष प्युठान नगरपालिका–८
तारापति बुढाथोकी, ३६ वर्ष सारुमहारानी गाउँपालिका–४
मुनादेवी बुढाथोकी, ३५ वर्षीया सारुमहारानी गाउँपालिका–४

मनदेवी थापा, ५६ वर्ष ९प्युठान ऐरावती गाउँपालिका–६
पदम थापा, ६० वर्ष प्युठान
सुशील केसी, २१ वर्ष प्युठान नगरपालिका–१०

प्रतिभा भण्डारी, १७ वर्ष प्युठान नगरपालिका–४
सलिसा थापा, १८ वर्षीया प्युठान नगरपालिका–८
प्रकाश केसी, ३८ वर्ष ९प्युठान नगरपालिका–१

पार्वता केसी, ५३ वर्ष ९प्युठान नगरपालिका–८
गौरव झाक्री, ३२ वर्ष ९नौबहिनी गाउँपालिका–३
दिपक सुनार, २९ वर्ष ९प्युठान गौमुखि गाउँपालिका–३

लाम बहादुर दर्लामी, ४९ वर्ष अर्घाखाँची सितगंगा नगरपालिका–८
सन्तोष केसी, २५ वर्ष ९प्युठान गनरपालिका–८
राजन सुवेदी, २१ वर्ष सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ट्रक चालक
सुवास कार्की, २६ वर्ष सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–५ ट्रक चालक

 


Thali Mobile Pvt.Ltd.