रेशमखेतीबाट विस्थापित हुँदै चितवनका किसान

रेशमखेतीबाट विस्थापित हुँदै चितवनका किसान image

चितवन । पछिल्लो समय जिल्लाका किसान तरकारीखेतीतर्फ आकर्षित हुन थालेपछि रेशमखेती विस्थापित हुँदै गएको छ । केही वर्ष अघिसम्म जिल्लाको माडी क्षेत्रमा व्यावसायिक रुपमा रेशमखेती हुनेमा अहिले यहाँका किसान उक्त पेसाबाट विस्थापित भएका हुन् ।

किम्बू नर्सरी विकास केन्द्र भण्डारा चितवनकी कार्यालय प्रमुख पूर्णिमा क्षेत्रीका अनुसार माडी क्षेत्रमा पहिला सहकारी र संस्था दर्ता गरेर रेशमखेती गरिने गरिएकामा अहिले किसान यस पेसाबाट पलायन हुँदै तरकारीबालीतर्फ आकर्षित भएका बताए । उनले भने, ‘रेशमखेतीका लागि लामो समय लाग्ने र व्यवस्थापन झन्झटिलो हुने भएकाले किसानले पेसा परिवर्तन गरेका हुन् ।’

केन्द्रले अहिले व्यावसायिक रुपमा कोया उत्पादन गर्न छोडेको क्षेत्रीले बताए । कोया उत्पादन गरेर निजी क्षेत्रलाई दिनुपर्ने तथा बजार समस्या हुँदा व्यावसायिक रुपमा उत्पादन गर्न छोडेको उनको भनाइ छ । सुरुमा मकवानपुर र चितवनमा रेशम खेतीको प्रशस्त उत्पादन भए पनि अहिले उत्पादन घट्दै गएको उनले जानकारी दिए ।

नेपालमा उत्पादित रेशम धागोको बजारीकरण नहुँदा व्यवसायी पलायन भएका प्रमुख क्षेत्रीले बताए । उनले भने, ‘बाहिरबाट रेशमको धागो आयात हुन्छ । यहाँको धागोको पहिचान हुँदैन । बजार अभाव हुँदा पेसा नै सङ्कटमा परेको छ ।’ बजार व्यवस्थापनमा समस्या हुँदा लामो समयसम्म कुर्नुपर्ने र राम्रो उत्पादन भए पनि बिग्रने हुँदा यसतर्फ किसानको आकर्षण घटेको उनको भनाइ छ ।

जिल्लामा रेशमखेती गर्ने किसान अहिले छिटो आम्दानी हुने नगदेबालीतर्फ आकर्षित भएका क्षेत्रीले जानकारी दिए । उनले भने, ‘अहिले केन्द्रमा उत्पादित किम्बूका बिरुवा २० प्रतिशत पनि रेशम खेतीका लागि जान मुस्किल छ ।’ उनका अनुसार केन्द्रले यसवर्ष पाँच लाख बिरुवा उत्पादन गरेर छ ।

अहिले गर्मी बढेकाले चार लाखसम्म बिक्री गर्ने योजनामा केन्द्र रहेको प्रमुख क्षेत्रीले बताए । उनका अनुसार करिब छ हेक्टर क्षेत्रफलमा किम्बू नर्सरी उत्पादन हुँदै आएको छ । यहाँ उत्पादित किम्बूका बिरुवा सिन्धुली, गोरखा, काठमाडौँलगायत जिल्लामा जाने गरेको उनले बताए । रासस

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • बाढीपहिरोमा परेर एक महिनामा १ सय ८ जनाको ज्यान गयो image

    बाढीपहिरोमा परेर एक महिनामा १ सय ८ जनाको ज्यान गयो

    काठमाण्डौ । देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण एक महिनामा एक सय आठ जनाको ज्यान गएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार गएको जेठ २८ गतेदेखि देशका विभिन्न ठाउँमा आएको...

  • केदारनाथको शिर डोलेश्वरमा श्रावणी मेलाको तयारी पुरा image

    केदारनाथको शिर डोलेश्वरमा श्रावणी मेलाको तयारी पुरा

    भक्तपुर । सुर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित प्रसिद्ध केदारनाथको शिर डोलेश्वर मन्दिरमा साउन १ गतेदेखि लाग्ने श्रावणी मेलाको तयारी पुरा भएको छ । मन्दिर संरक्षण तथा विकास समितिले हरेक बर्ष झै...

  • मुकुलले गिरफ्तार योजना बनाउँदै image

    मुकुलले गिरफ्तार योजना बनाउँदै

    काठमाडौं । पार्टीबाट कारबाहीमा परेका महामन्त्री डा. मुकुल ढकालमाथि भिक्टिम कार्ड खेलिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सहप्रवक्ता मनिष झाले आरोप लगाएका छन् । धारणा सार्वजनिक गर्दै झाले मुकुल स्पष्ट रूपमा...

  • नवनियुक्त प्रधानमन्त्री ‌केपी शर्मा ओलीले आज शपथ लिदै image

    नवनियुक्त प्रधानमन्त्री ‌केपी शर्मा ओलीले आज शपथ लिदै

    काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । बिहान ११ बजे राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई शपथ गराउने कार्यक्रम रहेको शीतलनिवासले जनाएको छ...


hotelghyampedanda