भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

भारतमा फेला पार्‍यो सिमलताल दुर्घटनाका दुई वटा शव

भारतमा फेला पार्‍यो सिमलताल दुर्घटनाका दुई वटा शव

काठमाडौं । सिमलताल पहिरोमा परी त्रिशूलीमा बेपत्ता भएका बसका २ जना यात्रुको शव भारतीय भूमिमा फेला परेको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)को टोलीले फेला पारेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

कुल २३ जनाको शव फेला परेको डिएसपी थापाले जानकारी दिए। बिहीबार र शुक्रबार भारतको पश्चिम चम्पारण बगाहामा दुई वटा शव फेला परेको उनले बताए।

जिल्ला प्रशासन कार्यालय चितवनले भारतीय डिस्ट्रिक्ट म्याजिस्ट्रेटलाई समन्वय र सहजीकरणका लागि अनुरोध गरेको थियो।

अहिलेसम्म फेला परेको २३ वटा शवमध्ये जम्मा १४ वटा शवको सनाखत भएको छ। ८ जना पुरूष र एक जना महिलाको भने सनाखत हुन बाँकी छ।

 


Thali Mobile Pvt.Ltd.