भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पहिरोमा बेपत्ता भएका आफन्त खोज्न आएकाहरूलाई चितवनमा निःशुल्क खान बस्नको व्यवस्था

पहिरोमा बेपत्ता भएका आफन्त खोज्न आएकाहरूलाई चितवनमा निःशुल्क खान बस्नको व्यवस्था

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका २९, सिमलतालमा पहिरोमा परेर दुई बससँगै बेपत्ता यात्रुहरुको खोजीका लागि आएका आफन्तलाई चितवनका होटलहरुले निःशुल्क खान बस्नको व्यवस्था गरेको छ।

होटल व्यवसायी संघ चितवनले पहिरोमा परेर बससँगै बेपत्ता भएकाहरुको खोजीका लागि आएकाहरुलाई निःशुल्क खाना खुवाउने विज्ञप्ति निकालेर जानकारी दिएको छ । पहिरोमा परेर बेपत्ता भएकाहरुको उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त निर्णय गरेको संघका अध्यक्ष लोकनाथ भट्ट कृष्णले जानकारी दिए ।

पहिरोमा परेर बेपत्ता भएका आफन्तको खोजी कार्यको लागि आउँदा खान,बस्न समस्या नहोस् भन्ने उद्देश्यले जिल्लाका विभिन्न होटलमा निःशुल्क खान बस्नको व्यवस्था गरिएको भट्टले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.