भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

५.९ म्याग्निच्युडको भूकम्प गयो, भूकम्पबाट कुनै क्षति भएको छैन

५.९ म्याग्निच्युडको भूकम्प गयो, भूकम्पबाट कुनै क्षति भएको छैन

एजेन्सी । ५.९ म्याग्निच्युडको भूकम्प जापानको इशिकावा प्रान्तमा गएको छ। पहिलो भूकम्प ५.९ म्याग्निच्यूड र दोस्रो ४.८ म्याग्निच्युडको सोमबार बिहान स्थानीय साढे ६ बजेतिर मापन भएको हो।

भूकम्पलगत्तै विद्युत् आपूर्ति बन्द हुँदा पूर्वी जापानको बुलेट ट्रेनको सेवा केहीबेर प्रभावित भएको थियो । होकुरिकु–शिंकान्सेन र जोयत्सु–शिंकान्सेन बुलेट ट्रेन सेवा केहीबेर रोकिएर करिब ७ बजेतिर पुनः सुरु भएको सञ्चार माध्यमले जनाएका छन्।

इशिकावामै गत जनवरीमा भूकम्प जाँदा ४८ जनाको मृत्यु भएको थियो। प्रान्तको वाजिमा, सुजु, नोटो, नानो र अनामिजु लगायत शहरहरुमा महशुस भएको थियो। सञ्चारमाध्यम एनएचकेका अनुसार भूकम्पबाट कुनै क्षति भएको छैन।

 


Thali Mobile Pvt.Ltd.