भर्खरै : Sorry, your browser does not support inline SVG.
मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो | अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक |

चितवनको गाईघाटमा ७ वटा गाडी ठोक्किएर भएको दुर्घटनामा २१ जना घाइते

चितवनको गाईघाटमा ७ वटा गाडी ठोक्किएर भएको दुर्घटनामा २१ जना घाइते

काठमाण्डौ, १ असोज । मुग्लिन–नारायणघाट सडकखण्डको चितवन गाईघाटमा सात वटा गाडी ठोक्किएर भएको दुर्घटनामा २१ जना घाइते भएका छन् । चितवनको भरतपुर महानगरपालिका–२९ गाईघाटमा बिहान सातवटा गाडी एकआपसमा ठोक्किएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार घाइतेहरूको चितवन मेडिकल कलेज, जनता केयर अस्पताल र नेशनल सिटी अस्पतालमा उपचार भइरहेको छ ।

ना ८ ख ६६२९ नम्बरको ट्रक र बा ४ ख ७४२० नम्बरको बस, बसको पछाडि रहेको ना ७ ख ९६०७ नम्बरको टेलर, त्यसपछाडिको माइक्रोसहित ग २ ख १६२६ नम्बरको बस, ना ३ च ३२५६ नम्बरको जीप, बिएबी ८४७० नम्बरको कार ठोक्किएर दुर्घटना भएको हो ।

घाइतेमध्ये १३ जनाको नेशनल सिटी अस्पतालमा, चारको जना चितवन मेडिकल कलेजमा र चार जनाको जनता केयर अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा भएको थप क्षतिको विवरण आउन बाँकी छ । रासस

 


Thali Mobile Pvt.Ltd.