भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

चितवनको गाईघाटमा ७ वटा गाडी ठोक्किएर भएको दुर्घटनामा २१ जना घाइते

चितवनको गाईघाटमा ७ वटा गाडी ठोक्किएर भएको दुर्घटनामा २१ जना घाइते

काठमाण्डौ, १ असोज । मुग्लिन–नारायणघाट सडकखण्डको चितवन गाईघाटमा सात वटा गाडी ठोक्किएर भएको दुर्घटनामा २१ जना घाइते भएका छन् । चितवनको भरतपुर महानगरपालिका–२९ गाईघाटमा बिहान सातवटा गाडी एकआपसमा ठोक्किएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार घाइतेहरूको चितवन मेडिकल कलेज, जनता केयर अस्पताल र नेशनल सिटी अस्पतालमा उपचार भइरहेको छ ।

ना ८ ख ६६२९ नम्बरको ट्रक र बा ४ ख ७४२० नम्बरको बस, बसको पछाडि रहेको ना ७ ख ९६०७ नम्बरको टेलर, त्यसपछाडिको माइक्रोसहित ग २ ख १६२६ नम्बरको बस, ना ३ च ३२५६ नम्बरको जीप, बिएबी ८४७० नम्बरको कार ठोक्किएर दुर्घटना भएको हो ।

घाइतेमध्ये १३ जनाको नेशनल सिटी अस्पतालमा, चारको जना चितवन मेडिकल कलेजमा र चार जनाको जनता केयर अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा भएको थप क्षतिको विवरण आउन बाँकी छ । रासस

 


Thali Mobile Pvt.Ltd.