भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

बारा र पर्सामा लक्षित जनसङ्ख्याको ७१% लाई हैजाविरुद्धको खोप

बारा र पर्सामा लक्षित जनसङ्ख्याको ७१% लाई हैजाविरुद्धको खोप

काठमाडौं। बारा र पर्सामा हैजाविरुद्धको खोप अभियानमा लक्षित जनसंख्याको ७१ प्रतिशत ले खोप लिएको स्वास्थ्य सेवा विभागले जनाएको छ।

बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतम का अनुसार, बारा र पर्सा दुवै जिल्लामा कुल १० लाख १८ हजार ६० जनालाई लक्षित गरिएकोमा सात लाख २३ हजार ८३६ जनाले खोप लिएका छन्। खोप अभियानको प्रारम्भिक तथ्याङ्क अनुसार, पर्सा: अभियान सुरु भएको छैठौँ दिनमा ६ लाख ५२ हजार १२९ जनामा ४ लाख ५६ हजार ७७८ ले खोप।

बारा: ३ लाख ६५ हजार ९३१ जनामा २ लाख ६७ हजार ५८ ले खोप। पर्सामा फैलिएको हैजा महामारीको जोखिमका कारण, जिल्लाका सबै स्थानीय तह र पर्सासँग सिमाना जोडिएका बाराका छ वटा स्थानीय तह, कलैया उप–महानगरपालिका, जितपुर–सिमरा उप–महानगरपालिका, परवानीपुर गाउँपालिका, प्रसौनी गाउँपालिका, फेटा गाउँपालिका, विश्रामपुर गाउँपालिका मा एक वर्षमाथिका सबैलाई खोप दिइँदैछ।

असोज २६ देखि पर्सा र २७ देखि बारामा सुरु भएको अभियान सबै स्थानीय तहमा उत्साहका साथ जारी रहेको खोप शाखा प्रमुख डा गौतमले जानकारी दिए। “हाललाई भोलिसम्म अभियानलाई निरन्तरता दिन्छौं। तिहारपछि आवश्यकता अनुसार अभियान फेरि सञ्चालन गर्ने योजना छ,” उनले भने।

नेपाल सरकारले पर्सा र बारामा देखिएको हैजा महामारीको उच्च जोखिमलाई ध्यानमा राखी यो अभियान सञ्चालन गरेको हो। सरकारी तथा गैरसरकारी कार्यालय, नियमित खोप सेवा केन्द्र, मन्दिर–मस्जिद, बसपार्क, नेपाल–भारत सिमानाका मुख्य नाका, उद्योग–कारखाना, इँट्टाभठ्ठा जस्ता स्थानबाट खोप खुवाइँदै छ।

 


Thali Mobile Pvt.Ltd.