भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

बारा र पर्सामा लक्षित जनसङ्ख्याको ७१% लाई हैजाविरुद्धको खोप

बारा र पर्सामा लक्षित जनसङ्ख्याको ७१% लाई हैजाविरुद्धको खोप

काठमाडौं। बारा र पर्सामा हैजाविरुद्धको खोप अभियानमा लक्षित जनसंख्याको ७१ प्रतिशत ले खोप लिएको स्वास्थ्य सेवा विभागले जनाएको छ।

बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतम का अनुसार, बारा र पर्सा दुवै जिल्लामा कुल १० लाख १८ हजार ६० जनालाई लक्षित गरिएकोमा सात लाख २३ हजार ८३६ जनाले खोप लिएका छन्। खोप अभियानको प्रारम्भिक तथ्याङ्क अनुसार, पर्सा: अभियान सुरु भएको छैठौँ दिनमा ६ लाख ५२ हजार १२९ जनामा ४ लाख ५६ हजार ७७८ ले खोप।

बारा: ३ लाख ६५ हजार ९३१ जनामा २ लाख ६७ हजार ५८ ले खोप। पर्सामा फैलिएको हैजा महामारीको जोखिमका कारण, जिल्लाका सबै स्थानीय तह र पर्सासँग सिमाना जोडिएका बाराका छ वटा स्थानीय तह, कलैया उप–महानगरपालिका, जितपुर–सिमरा उप–महानगरपालिका, परवानीपुर गाउँपालिका, प्रसौनी गाउँपालिका, फेटा गाउँपालिका, विश्रामपुर गाउँपालिका मा एक वर्षमाथिका सबैलाई खोप दिइँदैछ।

असोज २६ देखि पर्सा र २७ देखि बारामा सुरु भएको अभियान सबै स्थानीय तहमा उत्साहका साथ जारी रहेको खोप शाखा प्रमुख डा गौतमले जानकारी दिए। “हाललाई भोलिसम्म अभियानलाई निरन्तरता दिन्छौं। तिहारपछि आवश्यकता अनुसार अभियान फेरि सञ्चालन गर्ने योजना छ,” उनले भने।

नेपाल सरकारले पर्सा र बारामा देखिएको हैजा महामारीको उच्च जोखिमलाई ध्यानमा राखी यो अभियान सञ्चालन गरेको हो। सरकारी तथा गैरसरकारी कार्यालय, नियमित खोप सेवा केन्द्र, मन्दिर–मस्जिद, बसपार्क, नेपाल–भारत सिमानाका मुख्य नाका, उद्योग–कारखाना, इँट्टाभठ्ठा जस्ता स्थानबाट खोप खुवाइँदै छ।

 


Thali Mobile Pvt.Ltd.