भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

साइबेरिया–अलास्काबीच समुद्रमुनी सुरुङ निर्माणको रूसी प्रस्ताव, ‘पुटिन–ट्रम्प टनेल’

साइबेरिया–अलास्काबीच समुद्रमुनी सुरुङ निर्माणको रूसी प्रस्ताव, ‘पुटिन–ट्रम्प टनेल’

एजेन्सी। रूसले साइबेरिया र अलास्काबीच समुद्रमुनी सुरुङ निर्माण गर्ने प्रस्ताव अघि सारेको छ। कतारी सञ्चारमाध्यम अलजजीरा का अनुसार, यो परियोजना अमेरिकी द बोरिङ कम्पनीको सहकार्यमा निर्माण गर्न सकिने योजना रहेको छ।

सुरुङ झन्डै ११२ किलोमिटर लामो हुनेछ र यसले रेलमार्ग र मालवाहक मार्गको रूपमा दुई देशबीच संयुक्त स्रोत अन्वेषण र ऊर्जा सहयोग गर्न योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। रूसी पक्षले यो परियोजनालाई ‘पुटिन–ट्रम्प टनेल’ नाम दिएका छन्।

यस प्रस्तावलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सकारात्मक प्रतिक्रिया दिएका छन्। तर, युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले यसप्रति असन्तुष्टि व्यक्त गर्नु भएको छ। साथै, ट्रम्प र पुटिन दुई हप्ताभित्र युक्रेन युद्धबारे छलफल गर्न बुडापेस्टमा भेटवार्ता गर्ने योजना रहेको छ।

 


Thali Mobile Pvt.Ltd.