भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

काठमाडौंमा भेटिए हैजाका बिरामी

काठमाडौंमा भेटिए हैजाका बिरामी

काठमाडौं । काठमाडौंमा हैजाका बिरामी भेटिएका छन्। दुई साताअघि गम्भीर झाडापखालाका बिरामी भएर टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भर्ना भएका एक ६२ वर्षीय पुरुषमा परीक्षणको क्रममा हैजा संक्रमण पुष्टि भएको हो। अत्यधिक रूपमा झाडापखला लागेर अस्पताल पुगेका उनलाई लक्षणको आधारमा चिकित्सकले हैजा परीक्षण गर्दा हैजा संक्रमण पोजेटिभ आएको अस्पतालकन सरुवा रोग विशेषज्ञ तथा रिसर्च युनिटका प्रमुख डा शेरबहादुर पुनले बताए।

हैजा ‘भिब्रिओ कोलेरा’ नामक जीवाणुको सङ्क्रमणका लाग्ने र यो जीवाणु प्रायः दूषित पानीमा हुने डा पुनले बताए। सङ्क्रमणको असर देखिन थालेपछि तत्काल उपचार नभएको खण्डमा बिरामीको मृत्युसमेत हुनसक्ने उनको भनाइ छ। हैजाको जीवाणुको मानव शरीरमा प्रवेश गरेको केही घण्टादेखि ५ दिनभित्र यसका लक्षणहरू देखिने उनले बताए।

हैजाको जीवाणु शरीरमा प्रवेश गरेपछि मानिसलाई चौलानीजस्तो पातलो दिसा पखाला चल्ने, टाउको दुख्ने तथा बान्तासमेत हुने हुँदा शरीरमा पानीको मात्रा अत्यन्त न्यून हुने हुँदा सबैभन्दा पहिले मिर्गौलामा असर गर्ने डा पुनले जानकारी दिए।

हैजा संक्रमण देखिएपछि समयमै उपचार नगरे मानिसको ज्यानै जान सक्ने उनको भनाइ छ। हैजाको लक्षण देखिएर अस्पताल आउने बिरामीलाई स्लाइन पानीका साथै बिरामीको अवस्था हेरेर एन्टिबायोटिक प्रयोग गरी उपचार गरेपछि विस्तारै ठिक हुँदै जानेसमेत उनले बताए।

 


Thali Mobile Pvt.Ltd.