भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

काठमाडौंमा भेटिए हैजाका बिरामी

काठमाडौंमा भेटिए हैजाका बिरामी

काठमाडौं । काठमाडौंमा हैजाका बिरामी भेटिएका छन्। दुई साताअघि गम्भीर झाडापखालाका बिरामी भएर टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भर्ना भएका एक ६२ वर्षीय पुरुषमा परीक्षणको क्रममा हैजा संक्रमण पुष्टि भएको हो। अत्यधिक रूपमा झाडापखला लागेर अस्पताल पुगेका उनलाई लक्षणको आधारमा चिकित्सकले हैजा परीक्षण गर्दा हैजा संक्रमण पोजेटिभ आएको अस्पतालकन सरुवा रोग विशेषज्ञ तथा रिसर्च युनिटका प्रमुख डा शेरबहादुर पुनले बताए।

हैजा ‘भिब्रिओ कोलेरा’ नामक जीवाणुको सङ्क्रमणका लाग्ने र यो जीवाणु प्रायः दूषित पानीमा हुने डा पुनले बताए। सङ्क्रमणको असर देखिन थालेपछि तत्काल उपचार नभएको खण्डमा बिरामीको मृत्युसमेत हुनसक्ने उनको भनाइ छ। हैजाको जीवाणुको मानव शरीरमा प्रवेश गरेको केही घण्टादेखि ५ दिनभित्र यसका लक्षणहरू देखिने उनले बताए।

हैजाको जीवाणु शरीरमा प्रवेश गरेपछि मानिसलाई चौलानीजस्तो पातलो दिसा पखाला चल्ने, टाउको दुख्ने तथा बान्तासमेत हुने हुँदा शरीरमा पानीको मात्रा अत्यन्त न्यून हुने हुँदा सबैभन्दा पहिले मिर्गौलामा असर गर्ने डा पुनले जानकारी दिए।

हैजा संक्रमण देखिएपछि समयमै उपचार नगरे मानिसको ज्यानै जान सक्ने उनको भनाइ छ। हैजाको लक्षण देखिएर अस्पताल आउने बिरामीलाई स्लाइन पानीका साथै बिरामीको अवस्था हेरेर एन्टिबायोटिक प्रयोग गरी उपचार गरेपछि विस्तारै ठिक हुँदै जानेसमेत उनले बताए।

 


Thali Mobile Pvt.Ltd.