भर्खरै : Sorry, your browser does not support inline SVG.
मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो | अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक |

वीरगञ्जमा समुदायस्तरमै हैजाको संक्रमण, विद्यालय दुई दिनका लागि बन्द

वीरगञ्जमा समुदायस्तरमै हैजाको संक्रमण, विद्यालय दुई दिनका लागि बन्द

मुख्य बुँदा

वीरगञ्जमा वडा ११, १३ र १६ मा हैजाको समुदायस्तरमै संक्रमण पुष्टि

४२ जनामा हैजा देखिएको, १०० भन्दा बढी बिरामी उपचाररत

झाडापखालाबाट तीन जनाको ज्यान गएको आशंका

प्रभावित क्षेत्रमा सचेतना, सरसफाइ र उपचार अभियान

विद्यालय दुई दिन बन्द, स्ट्रिट फुड बिक्रीमा अस्थायी प्रतिबन्ध

खानेपानी मन्त्रीले प्रभावित क्षेत्र अनुगमन, पियुषसहितको टोली परिचालन

काठमाण्डौ, ८ भाद्र । पर्साको वीरगञ्जमा समुदायस्तरमै हैजाको संक्रमण फैलिएको छ । वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ११, १३ र १६ मा हैजा देखिएको पुष्टि भएको महानगरको स्वास्थ्य शाखाले जनाएको छ ।

वीरगञ्जका विभिन्न अस्पतालमा उपचाररत बिरामीमध्ये ४२ जनामा हैजा पुष्टि भएको छ भने एक सय जनाभन्दा बढी बिरामी उपचाररत छन् । वीरगञ्जको मुर्ली टोलमा साउन अन्तिम हप्तादेखि झाडापखालासहितका समस्या देखिँदा सङ्ख्या बढ्दै गएपछि अस्पतालमा भर्ना गरिएको थियो ।

झाडापखालाका कारण तीन जनाको ज्यान गएको भनिए पनि यसबारे थप पुष्टि हुन सकेको छैन । ‘भिब्रियो कोलेरा’ जीवाणु दूषित खाना वा पानीबाट शरीरमा प्रवेश गरेपछि हैजा लाग्ने गर्छ । हैजाले निरन्तर झाडापखाला, वान्ता, पेट दुख्ने, शरीरमा पानी कमी, मांसपेसी दुख्ने, आँखा गाडिने र ज्वरो जस्ता लक्षण देखिन्छन् ।

महानगरपालिकाले वडा नं. १ देखि १६ सम्मलाई जोखिमयुक्त क्षेत्र मानेर घर–घरमा टोली खटाएर सचेतना फैलाउने, सरसफाइमा जोड दिने र उपचारमा ल्याउने अभियान चलाएको छ । महानगरले उमालिएको वा निर्मलीकरण गरिएको पानी मात्र पिउन, तरकारी तथा सागपात राम्ररी पखालेर पकाउन, बासी खाना नखान, साबुनपानीले हात धुन र शौचालय प्रयोग गर्न आग्रह गरेको छ ।

नारायणी अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहले पिउनेपानी उमालेर वा निर्मलीकरण गरेर पिउन र सरसफाइमा विशेष ध्यान दिन आग्रह गर्नुभएको छ । मुर्ली टोलमा प्रयोग भइरहेको पिउने पानीको नमूना परीक्षणका लागि काठमाण्डौको टेकु प्रयोगशालामा पठाइएको छ ।

महानगरले हिजो स्वास्थ्यकर्मीसँग छलफल गरेर दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । साथै पानीपुरी, चटपटे, चाटसहित स्ट्रिट फुड बिक्रीमा तत्काल प्रतिबन्ध लगाइएको छ ।

खानेपानी मन्त्री प्रदीप यादवले वीरगञ्जका अस्पतालमा पुगेर बिरामीको अवस्थाबारे जानकारी लिनुभएको छ ।

उहाँले सरकार संक्रमण नियन्त्रणमा संवेदनशील रहेको भन्दै खानेपानी तथा ढल व्यवस्थापन विभागबाट ‘पियुष’लगायत सामग्रीसहितको मोबाइल टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको र पानी परीक्षण कार्य भइरहेको जानकारी दिनुभयो ।

 


Thali Mobile Pvt.Ltd.