भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

भ्रष्टाचार विरोधी अभियानमा चीनद्वारा ९ जना शीर्ष जनरल निष्कासन, दशकको ठूलो सैन्य कारबाही

भ्रष्टाचार विरोधी अभियानमा चीनद्वारा ९ जना शीर्ष जनरल निष्कासन, दशकको ठूलो सैन्य कारबाही

एजेन्सी । चीनको सत्तारूढ कम्युनिस्ट पार्टी (सीपीसी) ले व्यापक सैन्य कारबाही गर्दै ९ जना शीर्ष जनरलहरूलाई निष्कासन गरेको छ।
यो कदम दशकौंपछि सेनामाथि गरिएको सबैभन्दा ठूलो सार्वजनिक कारबाही मध्ये एक भएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसी ले जनाएको छ।

चीनको रक्षा मन्त्रालय ले विज्ञप्तिमार्फत जानकारी दिंदै, ती अधिकारीहरूलाई गम्भीर आर्थिक अपराधमा संलग्न भएको आशङ्कामा निष्कासन गरिएको बताएको छ। निष्कासनमा परेकामध्ये धेरैजसो तीनतारे जनरलहरू हुन् र ती सबै पार्टीको केन्द्रीय समितिका सदस्यहरू समेत रहेका थिए।

मन्त्रालयले उक्त कदमलाई भ्रष्टाचार विरोधी अभियानको निरन्तरताका रूपमा व्याख्या गरेको छ। तर, राजनीतिक विश्लेषकहरूले यसलाई सत्ता सुदृढीकरण र आन्तरिक शुद्धीकरणको रणनीतिका रूपमा पनि हेरेका छन्।

राष्ट्रपति सी जिनपिङ नेतृत्वको सीपीसीले पार्टीको पूर्ण बैठकको पूर्वसन्ध्यामा यी शीर्ष अधिकारीहरूलाई निष्कासन गरेको हो।निष्कासनमा परेकामध्ये हे वेइडोङलाई केन्द्रीय सैन्य आयोग (सीएमसी) का अध्यक्ष सी जिनपिङपछि चीनको सेनामा दोस्रो उच्च पदस्थ अधिकारीका रूपमा मानिन्थ्यो।

रक्षा मन्त्रालयको विज्ञप्तिअनुसार, उनीहरूले पार्टी अनुशासनको गम्भीर उल्लङ्घन गरेका र हानिकारक परिणाम ल्याउने कर्तव्यसम्बन्धी अपराधमा संलग्न भएको शङ्का गरिएको छ। यो कदमले चीनको सैन्य संरचना र राजनीतिक सन्तुलनमा ठूलो असर पार्ने विश्लेषकहरूको मूल्याङ्कन छ।

 


Thali Mobile Pvt.Ltd.