भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कैलालीको चुरे–मोहन्याल उत्खननमा विवाद

कैलालीको चुरे–मोहन्याल उत्खननमा विवाद

धनगढी । देश संघीयतामा गएसँगै पुनर्संरचना गरिएका स्थानीय तहमा सीमा विवाद कायमै रहेको पाइएको छ। देश संघीयतामा गएसँगै सुदुरपश्चिमका कैलाली, डोटी दार्चुलासहितका पालिकाको सीमा विवाद देखीएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।

तत्कालीन स्थानीय निकाय स्थानीय तहमा परिणत भएसँगै फरक–फरक जिल्लाका स्थानीय तह, एउटै जिल्लाका स्थानीय तह र एउटै पालिकाका बिभिन्न वडाबीच सीमा विवाद भएको पाइएको हो ।कैलालीको चुरे गाउँपालिका र तराईमा रहेको गौरिगंगा नगरपालिका, दार्चुलाको अपी हिमाल गाउँपालिका र डोटीको आदर्श गाउँपालिकाको सीमा विवाद

अझै सुल्झिएको छैन । कैलालीका केही स्थानीय तहमा लामो समयदेखिको सीमा विवाद भएता पनि जिल्लाका दुई पहाडी गाउँपालिका चुरे र मोहन्यालको सीमा विवाद जटिल अवस्थामा रहेको छ ।

मोहन्याल गाउँपालिकाको छिमेकी गाउँपालिका तथा नगरपालिकाका रूपमा बर्दगोरिया, घोडाघोडी र लम्कीचुहा रहेका छन्। सीमासम्बन्धी सामान्य विवाद बर्दगोरिया र घोडाघोडी नगरपालिकासँग रहे पनि पछिल्लो समय लम्कीचुहा नगरपालिकासँग बढी नै विवाद चुलिएको छ।

 


Thali Mobile Pvt.Ltd.