भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

तालढुङ्गालाई प्रदेशको नमुना सहर बनाइँदै

तालढुङ्गालाई प्रदेशको नमुना सहर बनाइँदै

काभ्रेपलाञ्चोक । विकट क्षेत्रमा सूचीकृत काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–५ स्थित तालढुङ्गालाई बाग्मती प्रदेशको नमूना सहर बनाउन सुरु गरिएको छ। पहिलो चरणमा चालु आर्थिक वर्षमा विनियोजित बजेटबाट बजार क्षेत्र र आसपासका सडकलाई पक्की बनाउन थालिएको छ।

हाल गाउँपालिकाको केन्द्रका रुपमा रहेको तालढुङ्गा बजारलाई प्रदेशभित्रको नमूना तथा उदयीमान सहरका रुपमा विकास गर्ने उद्देश्यले प्रदेश सरकारले जिल्लास्थित सहरी विकास तथा भवन कार्यालयमार्फत चालु आवमा दुई करोड विनियोजन गरेको थियो।

उक्त बजेटबाट कार्यालयमार्फत नै बोलपत्र आह्वान गरी बजारको बाटो ढलान तथा विभिन्न स्थानमा आवश्यकताअनुसार ‘ड्रेनवाल’निर्माण भइरहेको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले बताए।तालढुङ्गालाई नमूना सहर बनाउने उद्देश्यस्वरुप काम सुरु भइसकेको उल्लेख गर्दै उनले हाल एक प्रविधिक समूहले ‘ल्याण्ड पुलिङ’को काम गरिरहेको बताए।

अध्यक्ष थिङका अनुसार ‘ल्याण्ड पुलिङ’को प्रतिवेदनअनुसार आगामी आवमा प्रदेश सरकारले तालढुङ्गालाई सहरीकरणका लागि थप बजेट विनियोजन गर्नेछ। उनले तालढुङ्गालाई कुन ‘मोडल’मा सहरीकरणमा लैजाने विषयमा थप छलफलसमेत भइरहेको बताए।

बागमती प्रदेश सरकारले गाउँपालिकाबाट हुने बसाइँसराइ रोक्ने तथा पालिकाभित्रको नजिक एवं सर्वसुलभ बजारको रुपमा विकास गर्ने लक्ष्यका साथ तालढुङ्गालाई नमूना उदयीमान सहरको अवधारणा अघि सारेर काम सुरु गरिएको जनाइएको छ ।

बिपी राजमार्ग र मदन भण्डारी राजमार्ग तथा निर्माणको योजना बनेको जनमुक्ति मार्ग जोड्ने सडक सञ्जालमा गाउँपालिकाको प्रमुख व्यापारिक केन्द्र तालढुङ्गा सहर जोडिएको छ। रासस

 

 


Thali Mobile Pvt.Ltd.