भर्खरै : Sorry, your browser does not support inline SVG.
चार महिनापछि खुल्यो काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय, पठन सेवा साउन २५ देखि | ३० जिल्लामा बाढीको जोखिम, नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | सरकारी कर्मचारीको नयाँ तलबमान लागू, मासिक तलब ३६ हजार ७०० देखि १ लाख ४ हजार रुपैयाँसम्म | कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता |

पहाडी क्षेत्रमा चट्याङसहित मध्यम वर्षाको सम्भावना, तराईका केही स्थानमा तातो लहर

पहाडी क्षेत्रमा चट्याङसहित मध्यम वर्षाको सम्भावना, तराईका केही स्थानमा तातो लहर

काठमाडौं, ५ जेठ । नेपालमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभावका कारण देशका विभिन्न क्षेत्रमा मौसममा परिवर्तन देखिएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेश तथा अन्य प्रदेशका हिमाली र पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहेको छ भने अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहेको छ।

आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभाग, साथै लुम्बिनी प्रदेशको हिमाली क्षेत्र र कोशी प्रदेशको तराईमा सामान्य बदली रहने सम्भावना छ। लुम्बिनीको पहाडी भूभाग र मधेस प्रदेशको तराईमा आंशिक बदली रहने अनुमान गरिएको छ।

महाशाखाले कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थान र बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने जनाएको छ। साथै कोशी प्रदेशको तराईका केही स्थान र मधेस प्रदेशका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ।

यता लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तातो लहर (हिट वेभ) तथा बागमती र गण्डकी प्रदेशका तराईका केही क्षेत्रमा तातो दिनको अवस्था कायम रहने सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहने र केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.