भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

कक्षा १२ को मौका परीक्षा तालिका सार्वजनिक, परीक्षा भदौ २८ र २९ मा

कक्षा १२ को मौका परीक्षा तालिका सार्वजनिक, परीक्षा भदौ २८ र २९ मा

काठमाडौँ, २० साउन । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले कक्षा १२ को मौका (पूरक) परीक्षाको तालिका सार्वजनिक गरेको छ। परीक्षा भदौ २८ र २९ गते बिहान ११ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म सञ्चालन हुने जनाइएको छ।

मौका परीक्षामा सैद्धान्तिकतर्फ एनजी (नन ग्रेडेड) प्राप्त गरेका, बढीमा दुई विषयमा अनुपस्थित भएका वा सैद्धान्तिकतर्फ अन्य विषयमा डी वा सोभन्दा माथि ग्रेड ल्याई एक विषयमा मात्र एनजी वा अनुपस्थित भएका विद्यार्थी सहभागी हुन सक्नेछन्। त्यस्तै, परीक्षाफल चित्त नबुझेका विद्यार्थीले पुनर्योगका लागि साउन २९ गतेसम्म आवेदन दिन सक्ने बोर्डले जनाएको छ।

गत वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म सञ्चालन भएको कक्षा १२ को नियमित तथा आंशिक परीक्षाको नतिजा सोमबार सार्वजनिक भएको थियो। नतिजाअनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने १ लाख ८७ हजार २१ जना विद्यार्थी एनजी (नन ग्रेडेड) भएका छन्।

 


Thali Mobile Pvt.Ltd.