भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

हलेसी दर्शन गरेर फर्किँदै गरेको गाडी भीरबाट खस्यो, १२ जना गम्भीर घाइते

हलेसी दर्शन गरेर फर्किँदै गरेको गाडी भीरबाट खस्यो, १२ जना गम्भीर घाइते

मुख्य बुँदा 

  • सिराहाबाट हलेसी दर्शन गरेर फर्किंदै गरेको विङ्गर गाडी भीरबाट करिब १५० मिटर तल खस्यो

  • गाडीमा १८ जना तिर्थालु सवार

  • दुर्घटनामा १२ जना गम्भीर घाइते

  • घाइतेहरूको उद्धार गरी घुर्मी अस्पताल पठाइयाे

  • एम्बुलेन्सको अभावमा प्रहरीको गाडी प्रयोग

खोटाङ, १९ साउन । हलेसी महादेवको दर्शन गरेर फर्किँदै गरेको एक विङ्गर गाडी आज बिहान खोटाङको जयरामघाटमा भीरबाट खस्दा ठूलो दुर्घटना भएको छ।

सिराहाबाट गएका १८ जना तिर्थालु सवार गाडी करिब १५० मिटर तल खस्दा १२ जना गम्भीर घाइते भएका छन्। इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक हेमन्त राईका अनुसार, एम्बुलेन्स नपाइएकाले प्रहरीको गाडी प्रयोग गरी घाइतेहरूलाई घुर्मी अस्पताल पुर्‍याइएको छ।

घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको र मृत्यु हुन सक्ने आशंका गरिएको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.