भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

शुक्रवारसम्म देशभर मौसम बदली, हावाहुरी र पानीको सम्भावना

शुक्रवारसम्म देशभर मौसम बदली, हावाहुरी र पानीको सम्भावना

काठमाडौं । देशका धेरैजसो स्थानमा पर्सि शुक्रवारसम्म मौसम बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार अहिले पश्चिमी वायु, स्थानीय वायु र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण मौसम अस्थिर बनेको हो।

तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना छ भने पहाडी र हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङ र पानी पर्ने पूर्वानुमान गरिएको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा हिमपात हुन सक्ने सम्भावना पनि रहेको छ।

महाशाखाले हावाहुरीले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक र हवाई यातायातमा असर पार्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ। काठमाडौं उपत्यकामा अहिले आकाश बदली भएको छ र दिउँसोपछि छिटपुट पानी पर्न सक्ने अनुमान गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.