भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

शुक्रवारसम्म देशभर मौसम बदली, हावाहुरी र पानीको सम्भावना

शुक्रवारसम्म देशभर मौसम बदली, हावाहुरी र पानीको सम्भावना

काठमाडौं । देशका धेरैजसो स्थानमा पर्सि शुक्रवारसम्म मौसम बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार अहिले पश्चिमी वायु, स्थानीय वायु र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण मौसम अस्थिर बनेको हो।

तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना छ भने पहाडी र हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङ र पानी पर्ने पूर्वानुमान गरिएको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा हिमपात हुन सक्ने सम्भावना पनि रहेको छ।

महाशाखाले हावाहुरीले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक र हवाई यातायातमा असर पार्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ। काठमाडौं उपत्यकामा अहिले आकाश बदली भएको छ र दिउँसोपछि छिटपुट पानी पर्न सक्ने अनुमान गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.