भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

रेशम चौधरी पक्राउपछि नागरिक उन्मुक्ति र जनमत पार्टीको एकता घोषणा स्थगित

रेशम चौधरी पक्राउपछि नागरिक उन्मुक्ति र जनमत पार्टीको एकता घोषणा स्थगित

काठमाडौं, १७ वैशाख । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई प्रहरीले पक्राउ गरेपछि जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता घोषणा कार्यक्रम स्थगित भएको छ। काठमाडौंको प्रज्ञा भवनमा बुधबार बिहान ११ बजेका लागि तय भएको यो कार्यक्रम चौधरीको पक्राउसँगै अनिश्चितकालका लागि रोकिएको हो।

जनमत पार्टीका अध्यक्ष सिके राउतले चौधरीलाई कार्यक्रमस्थलबाटै पक्राउ गरिएको पुष्टि गर्दै यो कदमको कडा आलोचना गरेका छन्। उनले भने, “पार्टी एकीकरणको ऐतिहासिक क्षणमा रेशम चौधरीलाई पुरानो फैसला कार्यान्वयनको बहानामा पक्राउ गर्नु गलत छ।” प्रहरीले चौधरीलाई डिल्लीबजार जेल पठाएको राउतले बताए।

चौधरीको पक्राउपछि नागरिक उन्मुक्ति पार्टीका कार्यकर्ताहरूले प्रज्ञा भवनबाहिर नाराबाजी र विरोध प्रदर्शन गरेका छन्। राउतले सम्पूर्ण नेता-कार्यकर्तालाई शान्त रहन र घर फर्कन आग्रह गरेका छन्। यो एकता घोषणा दुई पार्टीबीचको सहकार्यको महत्त्वपूर्ण कदम मानिएको थियो। तर, चौधरीको पक्राउले यो प्रक्रियामा अनिश्चितता थपिएको छ।

 

 


Thali Mobile Pvt.Ltd.