भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

रेशम चौधरी पक्राउपछि नागरिक उन्मुक्ति र जनमत पार्टीको एकता घोषणा स्थगित

रेशम चौधरी पक्राउपछि नागरिक उन्मुक्ति र जनमत पार्टीको एकता घोषणा स्थगित

काठमाडौं, १७ वैशाख । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई प्रहरीले पक्राउ गरेपछि जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता घोषणा कार्यक्रम स्थगित भएको छ। काठमाडौंको प्रज्ञा भवनमा बुधबार बिहान ११ बजेका लागि तय भएको यो कार्यक्रम चौधरीको पक्राउसँगै अनिश्चितकालका लागि रोकिएको हो।

जनमत पार्टीका अध्यक्ष सिके राउतले चौधरीलाई कार्यक्रमस्थलबाटै पक्राउ गरिएको पुष्टि गर्दै यो कदमको कडा आलोचना गरेका छन्। उनले भने, “पार्टी एकीकरणको ऐतिहासिक क्षणमा रेशम चौधरीलाई पुरानो फैसला कार्यान्वयनको बहानामा पक्राउ गर्नु गलत छ।” प्रहरीले चौधरीलाई डिल्लीबजार जेल पठाएको राउतले बताए।

चौधरीको पक्राउपछि नागरिक उन्मुक्ति पार्टीका कार्यकर्ताहरूले प्रज्ञा भवनबाहिर नाराबाजी र विरोध प्रदर्शन गरेका छन्। राउतले सम्पूर्ण नेता-कार्यकर्तालाई शान्त रहन र घर फर्कन आग्रह गरेका छन्। यो एकता घोषणा दुई पार्टीबीचको सहकार्यको महत्त्वपूर्ण कदम मानिएको थियो। तर, चौधरीको पक्राउले यो प्रक्रियामा अनिश्चितता थपिएको छ।

 

 


Thali Mobile Pvt.Ltd.