भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सहकारी ठगीसम्बन्धी मुद्दामा दीपेश पुनलाई भैरहवा लगियो

सहकारी ठगीसम्बन्धी मुद्दामा दीपेश पुनलाई भैरहवा लगियो

काठमाडौँ । दीपेश पुनलाई भैरहवा लगिएको छ । पूर्वउपराष्ट्रपति नन्द किशोर पुन पासाङका छोरा काठमाडौँको टोखाबाट पक्राउ गरी भैरहवा लगिएको हो ।

सुन तस्करीमा संलग्न भएको पुनमाथि आरोप छ । गत साउनमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बरामद गरिएको झण्डै ६१ किलो सुन प्रकरणका मुख्य आरोपी दावाछिरिङसँग पुनको सम्बन्ध रहेको पाइएको छ ।

पहिला सहकारी सम्बन्धी मुद्धामा यसअघि पक्राउ पुर्जी जारी भएकाले पहिला भैरहवा लगेर छानबिन गर्न लागिएको हो । पुनलाई शुक्रबार साँझ जहाजमार्फत रुपन्देही लगिएको हो ।

उनीमाथि सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका सर्वसाधारणको बचत हिनामिनामा संलग्न भएको उनीमाथि आरोप छ । सहकारी ठगीसम्बन्धी मुद्दा भएकाले पुनलाई भैरहवा लगिएको नेपाल प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.