भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

सहकारी ठगीसम्बन्धी मुद्दामा दीपेश पुनलाई भैरहवा लगियो

सहकारी ठगीसम्बन्धी मुद्दामा दीपेश पुनलाई भैरहवा लगियो

काठमाडौँ । दीपेश पुनलाई भैरहवा लगिएको छ । पूर्वउपराष्ट्रपति नन्द किशोर पुन पासाङका छोरा काठमाडौँको टोखाबाट पक्राउ गरी भैरहवा लगिएको हो ।

सुन तस्करीमा संलग्न भएको पुनमाथि आरोप छ । गत साउनमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बरामद गरिएको झण्डै ६१ किलो सुन प्रकरणका मुख्य आरोपी दावाछिरिङसँग पुनको सम्बन्ध रहेको पाइएको छ ।

पहिला सहकारी सम्बन्धी मुद्धामा यसअघि पक्राउ पुर्जी जारी भएकाले पहिला भैरहवा लगेर छानबिन गर्न लागिएको हो । पुनलाई शुक्रबार साँझ जहाजमार्फत रुपन्देही लगिएको हो ।

उनीमाथि सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका सर्वसाधारणको बचत हिनामिनामा संलग्न भएको उनीमाथि आरोप छ । सहकारी ठगीसम्बन्धी मुद्दा भएकाले पुनलाई भैरहवा लगिएको नेपाल प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.