भर्खरै : Sorry, your browser does not support inline SVG.
नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर | २५ जनाको ज्यान लिएको ‘ध्रुवे’ हात्तीलाई बेहोस बनाएर दाह्रा काट्ने तयारी | बारम्बार बत्ती जाने समस्या अन्त्य गर्न सरकारको विशेष अभियान, २४सै घण्टा प्राविधिक टोली तयारीमा | १० जिल्लामा बाढीको जोखिम, भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह | मौद्रिक नीतिले बजेटलाई बलियो साथ दिएको छ : पूर्वगभर्नर चिरञ्जीवी नेपाल | ७ जिल्लामा बर्डफ्लु नियन्त्रणमा, काठमाडौं उपत्यका र काभ्रेमा अझै उच्च जोखिम | होर्मुज जलडमरूमध्यमा एलएनजी ट्याङ्करमाथि आक्रमण, ओमान नजिक आगलागी | खाना नपाएको भन्दै खरिपाटी होल्डिङ सेन्टरमा सुकुमवासीको प्रदर्शन |

स्की सम्बन्धी आधारभूत तालिम कालिकोटको त्रिवेणी पाटन छेत्तडीमा संचालन

स्की सम्बन्धी आधारभूत तालिम कालिकोटको त्रिवेणी पाटन छेत्तडीमा संचालन

कालिकोट । कालिकोटको रासकोट नगरपालिका त्रिवेणी पाटन छेत्तडीमा स्की सम्बन्धी आधारभूत तालिम संचालन भएको छ ।

कर्णालीलाई साहासिक खेल पर्यटनको गन्तव्यका रुपमा विकास र स्की खेलाडी उत्पादन गर्ने उदेश्यले स्की सम्बन्धी उक्त तालिम सञ्चालन भएको हो ।

स्की सम्बन्धी आधारभूत तालिमले कर्णालीको साहसिक खेल पर्यटनमा टेवा पुग्ने पर्यटन व्यवसायी तथा कर्णाली पर्यटन उद्दमी समाजका अध्यक्ष देवीकृष्ण रोकायाले जानकारी दिनुभयो ।

उहाँले स्की तालिमको लागी सहयोग गर्ने नेपाल प्रर्यटन बोर्ड, कर्णाली प्रदेश खेलकुद विकास परिषद् लगायतलाई धन्यवाद समेत दिनुभयो । उक्त तालिम संचालनका लागि निरन्तर खट्ने स्की संघ कर्णाली प्रदेशका सचिव तथा कर्णाली पर्यटन उद्दमी समाजका सह सचिव युवा पर्यटन व्यवसायी मनराज सिमखडाको पनि सहभागिता रहेको थियो ।

हिउँको पाखामा खेलिने स्की खेलको सम्भावन नेपालमा भएपनि अन्य अरु खेल भन्दा उति चलायमान छैन। दक्ष खेलाडी उत्पादन गरी राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा खेलको विकास गर्दै पर्यटनसँग जोड्न सके स्कीले फड्को मार्न सक्छ सँगै स्कीमा पनि आकर्षण बढ्न सक्छ।

तालिकम कालिकोटको त्रिवेणी पाटन छेत्तडीमा फालगुन २८ गतेदेनि चैत्र ४ गतेसम्म सञ्चालन हुने आयोजको भनाई छ ।

 


Thali Mobile Pvt.Ltd.