भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सत्तारुढ दलहरूको सुझाव: युवालाई प्रोत्साहन गर्ने नीति तथा कार्यक्रम ल्याऊ

सत्तारुढ दलहरूको सुझाव: युवालाई प्रोत्साहन गर्ने नीति तथा कार्यक्रम ल्याऊ

काठमाडौं, १७ वैशाख । सत्ता गठबन्धनका दलहरूले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा युवापुस्तालाई उद्यमशीलता, सीप विकास र रोजगारीका अवसर प्रदान गर्ने कार्यक्रम समावेश गर्न सरकारलाई सुझाएका छन्। बुधबार बालुवाटारमा बसेको गठबन्धनको बैठकमा यो विषयमा गहन छलफल भएको नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले बताए।

ज्ञवालीका अनुसार, सत्तारुढ दलहरूले लोकतन्त्रको सुदृढीकरण, विकास निर्माणमा प्रभावकारिता र अनावश्यक खर्च कटौतीमा जोड दिएका छन्। विशेषगरी युवाहरूलाई आशा जगाउन स्टार्टअप, व्यावसायिक योजना र बजार संरक्षणसहितका कार्यक्रम आवश्यक रहेको सुझाव आएको छ।

बैठकमा अर्थतन्त्रलाई गतिशील बनाउन सरकारको खर्च क्षमता वृद्धि, सुशासन प्रवर्द्धन, वैदेशिक सम्बन्ध सुदृढीकरण र पहाडी क्षेत्रमा बसाइँसराइ रोक्न रोजगारी तथा कृषि विकासका कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने कुरा उठेको छ। दलहरूले विगतभन्दा फरक र परिणाममुखी नीति ल्याउन र त्यसलाई बजेटले समर्थन गर्नुपर्नेमा जोड दिए।

 


Thali Mobile Pvt.Ltd.