भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

सत्तारुढ दलहरूको सुझाव: युवालाई प्रोत्साहन गर्ने नीति तथा कार्यक्रम ल्याऊ

सत्तारुढ दलहरूको सुझाव: युवालाई प्रोत्साहन गर्ने नीति तथा कार्यक्रम ल्याऊ

काठमाडौं, १७ वैशाख । सत्ता गठबन्धनका दलहरूले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा युवापुस्तालाई उद्यमशीलता, सीप विकास र रोजगारीका अवसर प्रदान गर्ने कार्यक्रम समावेश गर्न सरकारलाई सुझाएका छन्। बुधबार बालुवाटारमा बसेको गठबन्धनको बैठकमा यो विषयमा गहन छलफल भएको नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले बताए।

ज्ञवालीका अनुसार, सत्तारुढ दलहरूले लोकतन्त्रको सुदृढीकरण, विकास निर्माणमा प्रभावकारिता र अनावश्यक खर्च कटौतीमा जोड दिएका छन्। विशेषगरी युवाहरूलाई आशा जगाउन स्टार्टअप, व्यावसायिक योजना र बजार संरक्षणसहितका कार्यक्रम आवश्यक रहेको सुझाव आएको छ।

बैठकमा अर्थतन्त्रलाई गतिशील बनाउन सरकारको खर्च क्षमता वृद्धि, सुशासन प्रवर्द्धन, वैदेशिक सम्बन्ध सुदृढीकरण र पहाडी क्षेत्रमा बसाइँसराइ रोक्न रोजगारी तथा कृषि विकासका कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने कुरा उठेको छ। दलहरूले विगतभन्दा फरक र परिणाममुखी नीति ल्याउन र त्यसलाई बजेटले समर्थन गर्नुपर्नेमा जोड दिए।

 


Thali Mobile Pvt.Ltd.