भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

विदेशबाट फर्किएर स्वदेशमै सुनौलो सम्भावनाः मौरीपालनमा सफल रमेश

विदेशबाट फर्किएर स्वदेशमै सुनौलो सम्भावनाः मौरीपालनमा सफल रमेश

भक्तपुर । “विदेशमा गरेको श्रम स्वदेशमै गरे देश पनि बन्छ, जीवन पनि।” यो भनाइलाई व्यवहारमा उतारेका छन् भक्तपुर, सूर्यविनायक नगरपालिका–६ निवासी ३८ वर्षीय रमेश के.सी ले । जापानमा चार वर्ष छ महिनासम्म बसेर विभिन्न काम गरेका उनले नेपाल फर्किएपछि मौरीपालन व्यवसायमा हात हालेका हुन्।

विद्यार्थी भिसामा जापान पुगेर होटल र कृषि फार्ममा काम गर्दै अनुभव बटुलेका रमेशले त्यसैलाई आधार बनाएर स्वदेशमा उत्पादनमूलक काम थाल्ने निर्णय गरे। सानैदेखि मौरीपालनप्रति रुचि राख्ने रमेशले २०७३ सालमा दुई लाख रुपैयाँ लगानी गरेर व्यवसायको सुरुवात गरे।

अहिले उनको मौरी फार्ममा २५० वटा मौरीका घार छन्, जहाँबाट वार्षिक १० देखि १५ टनसम्म मह उत्पादन हुन्छ। खर्च कटाएर पनि उनले बर्सेनि १२ देखि १५ लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन्। “सुरुमा जोखिम थियो, नाफा लिन झन्डै एक वर्ष लाग्यो,” रमेश सम्झिन्छन्, “तर अहिले हेर्दा त्यो संघर्ष सार्थक देखिन्छ।”

रोजगारीका लागि विदेशिने प्रवृत्ति बढ्दो रहेको अवस्थामा रमेशले स्वदेशमै रोजगारी सिर्जना गर्ने प्रेरणादायी बाटो देखाएका छन्। दैनिक मौरीको हेरचाह गर्ने, खर्कको नियमित निरीक्षण गर्ने र गुणस्तरीय मह उत्पादनमा ध्यान दिने उनले व्यवसायलाई व्यावसायिकता दिन सफल भएका छन्। तर रमेशको यात्रा सहज भने थिएन। प्रारम्भमा आर्थिक अभाव, वातावरणीय उतारचढाव, बजार व्यवस्थापनजस्ता चुनौतीहरू उनले झेले। यद्यपि स्थानीय ग्राहकहरूको विश्वासले उनलाई अगाडि बढ्न थप प्रेरणा दिएको छ।

“बजार अझ सुदृढ भयो भने लगानी बढाएर व्यवसाय विस्तार गर्ने योजना छ,” रमेशले भने । उनले विदेश जान चाहने युवाहरूलाई स्वदेशमै अवसर खोज्न सुझाव दिए। “विदेशको दुःख आफ्नै देशमा गरियो भने, आफू र देश दुबैलाई फाइदा हुन्छ,” उनी भन्छन्।  “स्वदेशी उत्पादन प्रयोग गरौं, आत्मनिर्भर बनौं र स्वस्थ रहौं।” रमेश के.सी.को कथा केवल व्यक्तिगत सफलता मात्रै होइन, यो स्वदेशमै सम्भावना खोज्ने हरेका लागि प्रेरणादायी सन्देश पनि हो। सनम थापा, प्रशिक्षार्थी पत्रकार भक्तपुर

 


Thali Mobile Pvt.Ltd.