भर्खरै : Sorry, your browser does not support inline SVG.
मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित |

अर्थसहित ४ मन्त्रालय लिएर कांग्रेस मधेश सरकारमा सहभागी हुँदै

अर्थसहित ४ मन्त्रालय लिएर कांग्रेस मधेश सरकारमा सहभागी हुँदै

काठमाडौं । नेपाली कांग्रेस मधेस प्रदेश सरकारमा सहभागी हुने भएको छ । अर्थ मन्त्रालयसहित ४ मन्त्रालयको नेतृत्व गर्ने गरी कांग्रेस मधेस प्रदेश सरकारमा सहभागी हुन लागेको हो ।

कांग्रेसबाट जनार्दन सिंह क्षेत्रीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सुनिल कुमार यादवले अर्थ मन्त्रालय, शेष नारायण यादवले ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय र कौशल किशोर रायले श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।

सरकारको नेतृत्वकर्ता जनमत पार्टीले अर्थ मन्त्रालय आफै राख्ने रणनीति बनाएको थियो । पार्टी अध्यक्ष सीके राउतले कांग्रेसलाई अर्थ मन्त्रालय नदिन निर्देशन दिएका थिए । तर कांग्रेसले आफ्नो अडान नछाडेपछि मुख्यमन्त्री सिंहले अर्थ मन्त्रालय कांग्रेसलाई दिएर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

 


Thali Mobile Pvt.Ltd.