भर्खरै : Sorry, your browser does not support inline SVG.
मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित |

आन्दोलन हिंसात्मक बन्न थालेपछि बंगलादेशमा मोबाइल इन्टरनेट बन्द

आन्दोलन हिंसात्मक बन्न थालेपछि बंगलादेशमा मोबाइल इन्टरनेट बन्द

काठमाडौं । बंगलादेशमा सरकारी कोटा र आरक्षणको विरोधमा भइरहेको आन्दोलनमा परी ६ जनाको मृत्यु भएको छ भने एक सयभन्दा बढी व्यक्ति घाइते भएका छन् । आन्दोलनलाई हिंसात्मक बनाउन भूमिका खेलेको भन्दै सरकारले मोबाइलमा इन्टरनेट सेवा बन्द गरेको छ ।

बंगलादेशका सहायक सूचना प्रविधिमन्त्री जुनैद अहमद पालकले सामाजिक सञ्जालमार्फत भ्रम फैलाउन र आन्दोलनलाई उत्तेजित बनाउन भूमिका खेलेको भन्दै अस्थाइ रूपमा मोबाइल इन्टरनेट सेवा बन्द गरिएको प्रतिक्रिया दिएका छन् ।

आन्दोलन दबाउन ढाका लगायत विभिन्न शहरमा प्रहरीले दर्जनौं अश्रु ग्यास प्रहार गरेको छ । आन्दोलनमा अधिकांश विद्यार्थीको सहभागिता भएका कारणले सरकारले अर्को सूचना जारी नभएसम्मका लागि विद्यालय तथा विश्वविद्यालय बन्द गरेको छ ।

बंगलादेशको सरकारी निकायमा विभिन्न क्षेत्र, समुदाय तथा वर्गलाई करिब ५० प्रतिशत आरक्षण तथा कोटा राखिएको छ ।

 


Thali Mobile Pvt.Ltd.