भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कांग्रेसले संसद अवराेध गर्ने,  बोलायो संसदीय दलको बैठक

कांग्रेसले संसद अवराेध गर्ने,  बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । प्रतिनिधि सभाको बैठक अगाडि नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा संसदीय दलको बैठक बस्न लागेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

बैठकमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि कांग्रेसले उठाउँदै आएको संसदको छानबिन समितिको मागको विषय र संसदको चालु अधिवेशन अन्त्यको विषयमा छलफल हुने बताइएको छ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बोलाइएको छ ।

सरकारले आज राति १२ बजेपश्चात संसदको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको हो ।

 


Thali Mobile Pvt.Ltd.