भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

सुदूरपश्चिमका चार सीमा नाकामा कोरोना परीक्षण शुरु

सुदूरपश्चिमका चार सीमा नाकामा कोरोना परीक्षण शुरु

कैलाली, २९ जेठ । भारतबाट फर्कने व्यक्तिहरूमा कोरोनाको सङ्क्रमण देखा पर्न थालेपछि सुदूरपश्चिमका सीमानाकामा रहेका ‘हेल्थ डेस्क’मा स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको छ ।

भारतसँग सीमा जोडिएका प्रदेशका चारवटा क्षेत्रमा हेल्थ डेस्कमार्फत शङ्कास्पद बिरामीको ‘एन्टिजेन’ परीक्षणको व्यवस्था गरिएको सुदूरपश्चिम प्रदेश प्रादेशिक आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी हेमराज जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कञ्चनपुरको गड्डाचौकी, कैलालीको गौरीफण्टा, बैतडीको झुलाघाट र दार्चुलाको पुलघाट सीमानाकामा रहेका हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीहरूले कोरोनाका शङ्कास्पद बिरामीको पहिचान गरी एन्टिजेन परीक्षणको कार्य गरिरहेका छन् । कोरोना परीक्षणका लागि प्रयोग हुने किट चारवटै हेल्थ डेस्कमा पु¥याई परीक्षण काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

अहिले झुलाघाटलाई ५५, पुलघाटलाई २५, गड्डाचौकीलाई १०० र गौरीफण्टा हेल्थ डेस्कलाई १५० किट उपलब्ध गराइएको छ । सीमानाकामा भारतबाट खेतीपातीका लागि फर्कनेहरूको सङ्ख्या बढ्दै गएकाले थप किट आपूर्ति गरिदिनका लागि सम्बन्धित विभागमा पत्राचार गरिएको सूचना अधिकारीले जानकारी दिनुभयो । उच्च शङ्कास्पद बिरामीको पहिचान गरी एन्टिजेन परीक्षण गर्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि सीमानाकामा रहेका हेल्थ डेस्कलाई सक्रिय पारिएको हो । यही जेठ २१ गते गौरिफण्टा सीमानाकाबाट भित्रिने यात्रु कोरोना परीक्षणको कार्य शुरु गरिएको थियो भने जेठ २७ गतेदेखि थप तीनवटा सीमानाकामा जाँचको व्यवस्था गरिएको छ । पछिल्लो एक हप्तामा सीमानाका भएर फर्कने १६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । रासस

 


Thali Mobile Pvt.Ltd.