भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

अमेरिकामा हिंसात्मक प्रदर्शन थाम्न कर्फ्यु, लस एन्जलसमा सुरक्षा बल तैनाथ

अमेरिकामा हिंसात्मक प्रदर्शन थाम्न कर्फ्यु, लस एन्जलसमा सुरक्षा बल तैनाथ

एजेन्सी, २९ जेठ । लस एन्जलस, अमेरिका- अमेरिकी सहर लस एन्जलसमा कर्फ्यु लगाइएपछि स्थिति सामान्य हुन थालेको छ। विरोध प्रदर्शन चर्किएपछि स्थानीय प्रशासनले रातको समयमा कर्फ्यु लगाउने निर्णय गरेको थियो।

बीबीसीको समाचार अनुसार कर्फ्यु लगाइएको पहिलो रातमा झण्डै चार सय जना प्रदर्शनकारीहरू पक्राउ परेका छन्। तीमध्ये ३३० जना आप्रवासीहरू कागजात विना लस एन्जलसमा रहेको खुलेको छ भने अन्य १७० जना तोडफोड र हिंसात्मक गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन्।

प्रहरी अधिकारीको ज्यान लिने प्रयासमा संलग्न भएको आरोपमा दुई व्यक्तिलाई पनि नियन्त्रणमा लिइएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले जानकारी दिएको छ। प्रदर्शन नियन्त्रणका लागि चार हजार राष्ट्रिय सुरक्षा गार्ड तथा चार सय समुद्री सेना (मारिन) लाई लस एन्जलसमा तैनाथ गरिएको छ।

सहरकी मेयर कारेन बास ले राष्ट्रपति डोनाल्ड ट्रम्पका अभिव्यक्ति र कदमहरूकै कारण प्रदर्शन हिंसात्मक बनेको आरोप लगाएकी छिन्। “व्यापार व्यवसायहरू तहसनहस भइरहेकाले बाध्य भएर कर्फ्यु घोषणा गर्नुपर्‍यो,” मेयर बासले बताइन्।

राष्ट्रपति ट्रम्पले लिएको सुरक्षामुखी कदम-विशेषगरी सुरक्षा गार्ड र सेना परिचालन-प्रति नागरिक अधिकारकर्मीहरू तथा स्थानीय नेताहरूले आलोचना गर्दै यसले स्थिति झन् विग्रन सक्ने चेतावनी दिइरहेका छन्।

 


Thali Mobile Pvt.Ltd.