एजेन्सी । गाजामा इजरायलले फेरि आक्रमण गरेको छ । बुधबार बिहान शुरु भएको आक्रमणमा कयौँ मानिस मारिएको बताइएको छ। अमेरिकाले मंगलबार मात्रै इजरायललाई गाजामा युद्धविराम गर्न दबाब दिएको थियो भने हमास समूहलाई इजरायली शर्त पालना गरी युद्धविरामका लागि तयार रहन आग्रह गरेको वेलना इजरायले आक्रमण गरेको हो ।
पछिल्लो पटक उसले बुरेज शरणार्थी शिविरको पूर्वी इलाका र मध्य गाजाको डेर अल–बलाह सहरमा आक्रमण शुरु गरेको जनाइएको छ । हवाइ तथा स्थगलगत आक्रमणमा कम्तीमा ७० जना मारिएको एक गैरसरकारी संस्था साइन्स फ्रन्टियर्सले बताएको छ। मारिनेमा अधिकांश महिला र बालबालिका छन्।
रुसले पश्चिमा देशमाथि आक्रमणका लागि हतियार दिने धम्की दिएको छ। रुसमा आक्रमण गर्न अमेरिका लगायतका देशले युक्रेनलाई हतियार दिने तयारी गरेको विषयमा आपत्ति जनाउँदै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफूहरूले पनि त्यसो किन नगर्ने भन्दै यस्तो चेतावनी दिएका छन्।
एक पत्रकार सम्मेलनमा पुटिनले पश्चिमा देशका संवेदनशील क्षेत्रमा आक्रमणका लागि आफ्ना सहयोगीलाई हतियार उपलब्ध गराउने चेतावनी दिएको बीबीसीले जनाएको छ। उनले जर्मनी युक्रेनलाई लामो दूरीको हतियार दिन सहमत भएको भन्दै यसले जर्मनीसँगको सम्बन्ध अन्त्य हुने चेतावनी दिए।
उता इजरायल हमासको अन्त्य नगरी युद्ध नरोक्ने मनस्थितिमा छ। इजरायलले गाजामा जारी राखेको आक्रमणमा ७ अक्टोबर यतामात्रै ३६ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी । पहिलो पटक युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग द्विपक्षीय वार्ता गर्न तयार रहेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सङ्केत गरेका छन् । रुसले कुनै पनि शान्ति पहललाई सधैँ सकारात्मक रूपमा...
काठमाडौं, ६ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीचको शान्ति वार्ता सफल नहुने संकेत देखिएमा अमेरिका वार्ताको मध्यस्थता प्रयासबाट पछि हट्ने चेतावनी दिएका छन्। शुक्रबार ओभल अफिसमा...
एजेन्सी, ६ वैशाख । भारतको राजधानी नयाँ दिल्लीको मुस्तफावाद क्षेत्रमा शनिबार बिहान भीषण दुर्घटना भएको छ । बिहान करिब २:३० बजे आएको भारी वर्षा र आँधीका कारण चार तले...
काठमाडौँ, ४ वैशाख । अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) का प्रमुख जेरोम पावेलले राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्सार नीतिले अमेरिकी अर्थतन्त्रमा गम्भीर असर पार्ने चेतावनी दिएका छन् । ट्रम्पको विश्वव्यापी...