भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

गाजामा ७० जनाको मृत्यु, इजरायलद्वारा गाजामा फेरी आक्रमण

गाजामा ७० जनाको मृत्यु, इजरायलद्वारा गाजामा फेरी आक्रमण

एजेन्सी । गाजामा इजरायलले फेरि आक्रमण गरेको छ । बुधबार बिहान शुरु भएको आक्रमणमा कयौँ मानिस मारिएको बताइएको छ। अमेरिकाले मंगलबार मात्रै इजरायललाई गाजामा युद्धविराम गर्न दबाब दिएको थियो भने हमास समूहलाई इजरायली शर्त पालना गरी युद्धविरामका लागि तयार रहन आग्रह गरेको वेलना इजरायले आक्रमण गरेको हो ।

पछिल्लो पटक उसले बुरेज शरणार्थी शिविरको पूर्वी इलाका र मध्य गाजाको डेर अल–बलाह सहरमा आक्रमण शुरु गरेको जनाइएको छ । हवाइ तथा स्थगलगत आक्रमणमा कम्तीमा ७० जना मारिएको एक गैरसरकारी संस्था साइन्स फ्रन्टियर्सले बताएको छ। मारिनेमा अधिकांश महिला र बालबालिका छन्।

रुसले पश्चिमा देशमाथि आक्रमणका लागि हतियार दिने धम्की दिएको छ। रुसमा आक्रमण गर्न अमेरिका लगायतका देशले युक्रेनलाई हतियार दिने तयारी गरेको विषयमा आपत्ति जनाउँदै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफूहरूले पनि त्यसो किन नगर्ने भन्दै यस्तो चेतावनी दिएका छन्।

एक पत्रकार सम्मेलनमा पुटिनले पश्चिमा देशका संवेदनशील क्षेत्रमा आक्रमणका लागि आफ्ना सहयोगीलाई हतियार उपलब्ध गराउने चेतावनी दिएको बीबीसीले जनाएको छ। उनले जर्मनी युक्रेनलाई लामो दूरीको हतियार दिन सहमत भएको भन्दै यसले जर्मनीसँगको सम्बन्ध अन्त्य हुने चेतावनी दिए।

उता इजरायल हमासको अन्त्य नगरी युद्ध नरोक्ने मनस्थितिमा छ। इजरायलले गाजामा जारी राखेको आक्रमणमा ७ अक्टोबर यतामात्रै ३६ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ।

 


Thali Mobile Pvt.Ltd.