भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

दैलेख बस दुर्घटना: सोनार क्यामरा र विशेष उपकरणसहित गोताखोर टोली परिचालन, बेपत्ताको खोजी तीव्र

दैलेख बस दुर्घटना: सोनार क्यामरा र विशेष उपकरणसहित गोताखोर टोली परिचालन, बेपत्ताको खोजी तीव्र

दैलेख, २० असार । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडाबाट कर्णाली नदीमा खसेको मिनिबस र बेपत्ता यात्रुको खोजीका लागि विशेष उपकरणसहितको गोताखोर टोली परिचालन गरिएको छ।

सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारबाट प्रहरी निरीक्षक प्रेमबहादुर तामाङको नेतृत्वमा चार सदस्यीय गोताखोर टोली घटनास्थल पुगेको हो। टोलीसँग नदीभित्र डुबेको सवारीसाधन तथा वस्तु पत्ता लगाउन प्रयोग हुने सोनार क्यामरा र चुम्बकीय उपकरणसमेत रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आइतबारदेखि ती विशेष उपकरण प्रयोग गरेर नदीभित्र हराएको मिनिबस र बेपत्ता व्यक्तिहरूको खोजी कार्यलाई थप तीव्र बनाइनेछ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार दुर्घटनामा चालक तुलाराम सुवेदी, सहचालक रामप्रसाद सुवेदी, सिर्जना खड्का, मेखे तिरुवा र जोखे तिरुवा परेका थिए। हालसम्म जोखे तिरुवाको शव फेला परिसकेको छ भने चालकसहित अन्य चार जनाको खोजी कार्य जारी रहेको छ।

प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकका अनुसार दुर्घटनाग्रस्त मिनिबसमा थप यात्रु थिए वा थिएनन् भन्ने विषय अझै यकिन हुन सकेको छैन। त्यसको पुष्टि गर्न तथा बेपत्ताहरूको अवस्था पत्ता लगाउन खोज तथा उद्धार अभियान निरन्तर सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.