भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

नवजात जन्माएकी दैलेखकी लक्ष्मीको अत्यधिक रक्तश्रावपछि मृत्यु

नवजात जन्माएकी दैलेखकी लक्ष्मीको अत्यधिक रक्तश्रावपछि मृत्यु

दैलेख, ११ असार । दैलेखको नारायण नगरपालिका–२ जाहारकोटकी ३३ वर्षीया लक्ष्मी नेपालीले आफ्नाे नवजात शिशुलाई जन्माएकी थिइन्। तर जन्मपश्चात उनले अत्यधिक रक्तश्राव भोग्नुपर्‍यो।

अस्पतालमा तीन पोका रगत सटही गरिए पनि उनको अवस्था सुधार हुन सकेन र मंगलबार साँझ उपचारका क्रममा उनको निधन भयो।

लक्ष्मीका दुई सन्तान पहिले नै छन् भने नवजात शिशुको अवस्था अहिले स्वस्थ रहेको दैलेखी सेवा समाज काठमाडौँले जनाएकाे छ ।

लक्ष्मीका पति दिपक स्वास्थ्य सेवा कार्यालय दैलेखमा लेखा अधिकृतको पदमा कार्यरत छन्। यो दुखद घटनाले स्थानीय र परिवारमा गहिरो शोक मच्चिएको छ।

 


Thali Mobile Pvt.Ltd.