भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

खोल्सामा आएको बाढीले बगाउँदा २१ वर्षीय युवकको मृत्यु

खोल्सामा आएको बाढीले बगाउँदा २१ वर्षीय युवकको मृत्यु

ललितपुर, १२ असार । ललितपुरको दक्षिणपूर्वी भेगमा रहेको महाँकाल गाउँपालिका–६ ठूला दुर्लुङमा बुधबार साँझ आएको बाढीले एक युवकको ज्यान गएको छ। महाँकाल–४ कालेश्वर घर भई हाल ललितपुर महानगरपालिका–२९ हरिसिद्धीमा बसोबास गर्दै आएका २१ वर्षीय सविन दाहाल भर्‍याङ खोल्सामा आएको आकस्मिक बाढीले बगाउँदा ज्यान गएको हो।

स्थानीयका अनुसार साँझ करिब साढे ७ बजेको समयमा आएको बाढीले उनलाई बगाएको थियो। घटना लगत्तै खोजी कार्य थालिएको थियो। महाँकाल गाउँपालिका–६ का अध्यक्ष विनोद चौलागाईंका अनुसार, शव बेलुका १० बजेतिर फेला पारिएको हो।

‘हामीले नेपाली सेनालाई खबर गरेका छौँ, हेलिकप्टरको सहायताले उद्धार कार्य गर्नुपर्ने अवस्था छ’, अध्यक्ष चौलागाईंले जानकारी दिए। बाढीका कारण गाउँका सडकहरू बन्द भएका छन् र स्थानीयहरू त्रासमा छन्। हाल उक्त क्षेत्रमा अझै पनि सतर्कता अपनाइएको छ र थप क्षतिको विवरण आउन बाँकी रहेको बताइएको छ।

 


Thali Mobile Pvt.Ltd.