भर्खरै : Sorry, your browser does not support inline SVG.
मौसम बदली, आज र भोलि पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना | पर्यटकीय क्षेत्र फालोटमा विद्युत् र इन्टरनेटको समस्या | विद्युतीय चुलोको प्रयोग बढाउने प्रस्ताव, ऊर्जा खपत वृद्धि रणनीति मस्यौदा तयार | गैह्रीगाउँमा डोजर र स्काभेटर, सुकुम्बासी बस्तीका घरटहरा धमाधम भत्काइँदै | इन्धन र डलरको असर: तरकारीको मूल्य ३०० प्रतिशतसम्म वृद्धि | वीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध, रोशी खोलाको बाढीले डाइभर्सन बगायो | तीनकुने–गैरीगाउँ क्षेत्रका बासिन्दाले सामान सार्न थाले, पाँच स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी | पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन |

५१ महिनामै पहिलोपटक मलेशियामा महँगी न्यूनतम स्तरमा

५१ महिनामै पहिलोपटक मलेशियामा महँगी न्यूनतम स्तरमा

काठमाडाैं, ११ असार । मलेशियामा सन् २०२५ को मे महिनामा मुद्रास्फीति अर्थात महँगी दर घटेर १ दशमलव २ प्रतिशतमा झरेको छ, जुन पछिल्ला ५१ महिनाको सबैभन्दा कम दर भएको सरकारी तथ्याङ्कले देखाएको छ।

मलेशियाको तथ्याङ्क विभागका अनुसार, महँगी कम हुनुको मुख्य कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावट हो।तेल सस्तो हुँदा उत्पादन तथा यातायात खर्च कम हुने भएकाले दैनिक उपभोग्य वस्तुहरूको मूल्यमा समेत स्थिरता आएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ।

उत्पादन लागत घटेको सङ्केत स्थानीय उत्पादन मूल्य सूचकाङ्क (पीपीआई) मा पनि देखिएको छ, जुन चालू वर्षको अप्रिल महिनामा ३ दशमलव ४ प्रतिशतले ऋणात्मक रहेको थियो। यसमा खानी तथा उत्खनन क्षेत्रको योगदान प्रमुख रहेको छ, जहाँ मूल्य १७ दशमलव ८ प्रतिशतले कमी आएको उल्लेख छ।

त्यस्तै, उपभोक्ता मूल्य सूचकाङ्कमा महत्त्वपूर्ण स्थान ओगट्ने खाद्य तथा पेय पदार्थ समूहमा पनि मूल्य वृद्धिको गति सुस्तिएको देखिन्छ।यो समूहको मूल्य वृद्धि मे महिनामा २ दशमलव १ प्रतिशतमा सीमित भएको हो। यद्यपि, मासिक रूपमा हेर्दा भने अप्रिलको तुलनामा मे महिनामा समग्र महँगी दर ०.१ प्रतिशतले वृद्धि भएको छ।

समग्रमा, मलेशियामा पछिल्लो समय मूल्य स्थिरता कायम रहन थालेकोले उपभोक्ता तथा आम नागरिकको लागि सकारात्मक सङ्केत मानिएको छ। मूल्यवृद्धिमा आएको कमीले नागरिकको दैनिक जीवनमा सहजता ल्याउने अपेक्षा गरिएको छ।

Mohotsav


Thali Mobile Pvt.Ltd.