भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

दैलेखको ठाटीकाँधमा तीन महिने शिशु गायब, अज्ञात समूहले लगेको आशंका

दैलेखको ठाटीकाँधमा तीन महिने शिशु गायब, अज्ञात समूहले लगेको आशंका

दैलेख, २९ चैत । विहीबार राति ठाटीकाँध गाउँपालिका–१, सिराडीमा एक तीन महिने शिशु गायव भएको छ। स्थानीय बमबहादुर बुढाकी छोरीलाई राति करिब ९ बजे अज्ञात समूहले लगेकाे परिवारको दाबी छ।

प्राप्त जानकारीअनुसार २-३ जना अज्ञात व्यक्तिहरूले पहिला घर नजिकैको खर र परालमा आगो लगाए। आगोको खबर पाएर घरका सबै जना निभाउन गएको मौकामा शिशुलाई गायव गरेको परिवारले बताएको छ। घटना लगत्तै स्थानीयले ठाटीकाँध प्रहरी चौकीमा खबर गरेका थिए। रातभर प्रहरी र स्थानीयले खोजतलास गरे पनि शिशुको कुनै अत्तोपत्तो लागेको छैन। परिवारले सामाजिक सञ्जाल र स्थानीय स्तरमा हार्दिक अपिल गर्दै बच्चाको खोजीमा सहयोग गर्न अनुरोध गरेको छ।

जिल्ला प्रहरी कार्यालय दैलेखले पनि सूचना पाए लगतै खोजी कार्य तीव्र बनाएको छ। सम्भावित सबै क्षेत्रमा प्रहरीले अनुसन्धान गरिरहेको र शंकास्पद व्यक्तिहरूमाथि निगरानी बढाएको जनाएकाे छ। परिवार र स्थानीयले शिशुको सुरक्षित उद्धारका लागि सबैसँग सहयोगको याचना गरेका छन्।

 

 


Thali Mobile Pvt.Ltd.