भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

दैलेखको ठाटीकाँधमा तीन महिने शिशु गायब, अज्ञात समूहले लगेको आशंका

दैलेखको ठाटीकाँधमा तीन महिने शिशु गायब, अज्ञात समूहले लगेको आशंका

दैलेख, २९ चैत । विहीबार राति ठाटीकाँध गाउँपालिका–१, सिराडीमा एक तीन महिने शिशु गायव भएको छ। स्थानीय बमबहादुर बुढाकी छोरीलाई राति करिब ९ बजे अज्ञात समूहले लगेकाे परिवारको दाबी छ।

प्राप्त जानकारीअनुसार २-३ जना अज्ञात व्यक्तिहरूले पहिला घर नजिकैको खर र परालमा आगो लगाए। आगोको खबर पाएर घरका सबै जना निभाउन गएको मौकामा शिशुलाई गायव गरेको परिवारले बताएको छ। घटना लगत्तै स्थानीयले ठाटीकाँध प्रहरी चौकीमा खबर गरेका थिए। रातभर प्रहरी र स्थानीयले खोजतलास गरे पनि शिशुको कुनै अत्तोपत्तो लागेको छैन। परिवारले सामाजिक सञ्जाल र स्थानीय स्तरमा हार्दिक अपिल गर्दै बच्चाको खोजीमा सहयोग गर्न अनुरोध गरेको छ।

जिल्ला प्रहरी कार्यालय दैलेखले पनि सूचना पाए लगतै खोजी कार्य तीव्र बनाएको छ। सम्भावित सबै क्षेत्रमा प्रहरीले अनुसन्धान गरिरहेको र शंकास्पद व्यक्तिहरूमाथि निगरानी बढाएको जनाएकाे छ। परिवार र स्थानीयले शिशुको सुरक्षित उद्धारका लागि सबैसँग सहयोगको याचना गरेका छन्।

 

 


Thali Mobile Pvt.Ltd.