भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकनलाई धक्का, नर्थ क्यारोलाइनामा डेमोक्रेटको जित | विद्यार्थी राजनीतिदेखि जापानको संयोजकसम्म : रेशमकुमार डंगोलको संघर्षपूर्ण यात्रा | जुम्लाको दुर्गम गाउँदेखि विद्यावारिधिसम्म : एलपी देवकोटाको प्रेरणादायी कथा | प्रतिपक्षी दलको सरकारलाई दबाब : ‘तत्काल संसद् अधिवेशन बोलाऊ’ | कात्तिक १६ सम्म सात हजार ६८८ विपद्का घटना | भेनेजुएलामा विद्रोही शिविरमाथि सैन्य आक्रमण, कम्तीमा १९ जनाको मृत्यु | मझिमटारमा आकाशे पुलको गर्डर राख्न पृथ्वी राजमार्ग तीन घण्टा बन्द | भक्तपुरमा एकहप्ते सेरामिक्स कार्यशाला सुरु, नगर प्रमुख प्रजापतिद्वारा उद्घाटन |

बर्सातले खानेपानी प्रणालीमा पुगेको क्षतिको विवरण सङ्कलन गरिँदै

बर्सातले खानेपानी प्रणालीमा पुगेको क्षतिको विवरण सङ्कलन गरिँदै

मुख्य बुँदा 

बाढी र पहिरोले खानेपानी प्रणालीमा व्यापक क्षति

विभागले सातै प्रदेशबाट प्रारम्भिक विवरण संकलन सुरु

उपभोक्ता समितिहरूलाई पनि विवरण बुझाउन आग्रह

इलाम र तराई क्षेत्रमा बढी क्षति

संकलित विवरणका आधारमा राहत र पुनःस्थापनाको योजना बनाइने

काठमाडौँ, २३ असाेज । खानेपानी तथा ढल व्यवस्थापन विभागले अविरल वर्षाका कारण आएको बाढी पहिरोका कारण देशभरका खानेपानी तथा सरसफाइ प्रणालीमा पुगेको क्षतिको विवरण सङ्कलन प्रक्रिया सुरु गरेको छ ।

देशका सातै प्रदेशबाट क्षतिको प्रारम्भिक विवरण सङ्कलन गरी केन्द्रमा पठाउन विभागअन्तर्गतका खानेपानी तथा ढल व्यवस्थापन कार्यालयलाई परिपत्र गरिएको विभागले जनाएको छ ।

विभागअन्तर्गत हाल देशभर १५ वटा खानेपानी तथा ढल व्यवस्थापन कार्यालय रहेका र ती कार्यालयले खानेपानी तथा सरसफाइ क्षेत्रमा पुगेको क्षतिको विवरण सङ्कलन गरी विभागमा पठाउन परिपत्र गरिएको महानिर्देशक ई कमलराज श्रेष्ठले जानकारी दिए ।

उनले भने, “बाढी पहिराले गरेको क्षतिको विवरण पठाउन हामीले सम्बन्धित कार्यालयलाई परिपत्र गरिसकेका छौँ । खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई पनि आ–आफ्नो आयोजनाअन्तर्गत भएको क्षतिको विवरण सम्बन्धित कार्यालयमा पठाउन आग्रह गरेका छौँ ।”

महानिर्देशक ई श्रेष्ठले सङ्कलन गरिएका विवरणलाई आधार बनाई तत्कालीन राहत तथा दीर्घकालीन पुनः स्थापनाको योजना बनाइने बताए । विशेष गरी इलाम र तराईमा बाढी पहिरोले खानेपानीमा क्षति पुर्‍याएको भन्दै उनले विवरण सङ्कलन भएपश्चात् प्रभावित क्षेत्रको पहिचान, क्षतिको प्रकार, अनुमानित लागत तथा पुनः स्थापनाको प्राथमिकता निर्धारण गर्न सहयोग पुग्ने धारणा राखे ।

यही असोज १८ र १९ गतेको अविरल वर्षाले पहाडी र भिरालो भू–भागमा रहेका धेरै खानेपानी स्रोत तथा वितरण प्रणालीमा गम्भीर असर पुर्‍याउनाका साथै पाइपलाइन बगाएका, इन्टेक संरचनामा क्षति, जलाशय ट्याङ्की माटो–ढुङ्गाले पुरेको, मोटर पम्प डुबानमा परेको, सरसफाइ उपकरणहरू क्षतिग्रस्तलगायत समस्या देखा परेका विभागले जनाएको छ ।

गत वर्ष असोज ११ र १२ गतेको अविरल वर्षा र बाढी पहिरोबाट खानेपानी तथा सरसफाइ क्षेत्रमा रु चार अर्बभन्दा बढीको क्षति भएको खानेपानी मन्त्रालयले जनाएको थियो । रासस

 


Thali Mobile Pvt.Ltd.