भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

दसैँ नजिकिँदै काठमाडौं उपत्यकाबाट बाहिरिनेको भीड बढ्यो

दसैँ नजिकिँदै काठमाडौं उपत्यकाबाट बाहिरिनेको भीड बढ्यो

मुख्य बुँदा

दसैँ नजिकिँदै उपत्यका छाड्नेहरूको संख्या बढ्दै

घटस्थापनादेखि हालसम्म १ लाख ३८ हजार बढी बाहिरिएका

अग्रिम टिकट प्रणाली खुला नभए पनि एक दिन अगाडिको टिकट उपलब्ध

गोङ्गबु, माछापोखरी, कोटेश्वर, कलङ्कीमा यात्रुहरूको भीड

काठमाडौँ, ९ असाेज । दसैँ नजिकिएसँगै काठमाडौँ उपत्यका छोड्नेहरूको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ । स्कुल, कलेजहरूमा बिदा सुरु भएपछि राजधानीका विभिन्न बसपार्कहरूमा बिहानैदेखि भीड देखिन थालेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीका अनुसार घटस्थापनादेखि हालसम्म करिब १ लाख ३८ हजार २९६ जनाले उपत्यका छाडिसकेका छन् ।

यस वर्ष विभिन्न कारणले अग्रिम टिकट बुकिङ खुला नगरिए पनि एक दिन अगाडिको टिकट लिने व्यवस्था गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । सो कारण टिकट लिनेहरू समेत गोङ्गबु बसपार्कमा लाम लाग्ने गरेका छन् ।

हाल गोङ्गबु नयाँ बसपार्क, माछापोखरीस्थित धादिङ बसपार्क, कोटेश्वर, कलङ्की लगायतका स्थानमा उपत्यका छोड्ने यात्रुहरूको बाक्लो भीड देखिएको छ ।

 


Thali Mobile Pvt.Ltd.