भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि |

जाजरकोट पहिरोमा परि एकै घरका तीन जनाको मृत्यु

जाजरकोट पहिरोमा परि एकै घरका तीन जनाको मृत्यु

जाजरकोट । अविरल वर्षापछि आएको पहिरोले अस्थायी टहरा पुरिँदा एकै घरका तीन जनाको मृत्यु भएको छ ।

आइतबार राती नलगाड नगरपालिका २ माझगाउँमा आएको पहिरोले लालबहादुर परियारको टहरा पुरिँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुनेहरुमा ४२ वर्षीय लालबहादुर परियार, ३४ वर्षीया मनिशा परियार र २ वर्षीय शिभम परियार रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी पुरुषेत्तम पाण्डेले बताए ।

घटनाको खबर पाउने बित्तिकै ईलाका प्रहरी कार्यालय दल्लीबाट प्रहरी घटना स्थलतर्फ गएर सबै मृतकको शव निकालेको डिएसपी पाण्डेले बताए ।

 


Thali Mobile Pvt.Ltd.