भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

आगालागीमा घाइते तीनै जना बालकको मृत्यु

आगालागीमा घाइते तीनै जना बालकको मृत्यु

डोल्पा । हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ४ मा पर्ने सुँ सामुदायिक बनको आगलागीमा परी घाइते भएका तीनै जना बालकको मृत्यु भएको छ।

बिहीबार बनको आगलागीमा परेर तीनैजना बालकको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताए ।

डोल्पामा उपचारको क्रममा १० वर्षीय सुलस बुढाको शुक्रबार र दुई जनाको उचारकाको क्रममा काठमाडौंमा मृत्यु भएको हो ।

मृत्यु हुनेमा १२ वर्षीय बिवस बुढा र १३ वर्षीय समन्त बुढा रहेका जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। बनमा गुच्ची च्याउ टिप्न गएका तीनै बालबालिका आगलागीमा परेका थिए।

 


Thali Mobile Pvt.Ltd.