भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

दयाराम मचामसी राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित

दयाराम मचामसी राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित

 भक्तपुर, ११ असार । भक्तपुर घरेलु तथा साना उद्योग संघ, सुर्यविनायक नगर समितिका संयोजक तथा ग्रीनलाइन एग्रो प्रालिका सञ्चालक दयाराम मचामसीलाई राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार–२०८१ बाट सम्मानित गरिएको छ ।

उनलाई असार १० गते मंगलबारका दिन आयोजित विशेष समारोहमा कृषि तथा पशुपन्छी विकास मन्त्री तथा राष्ट्रपतिको हातबाट यो प्रतिष्ठित पुरस्कार प्रदान गरिएको हो।

देशको कृषिक्षेत्रमा उनले पुर्‍याएकाे योगदानको उच्च मूल्याङ्कन गर्दै यो सम्मान प्रदान गरिएको आयोजककाे भनाइ छ । यस गौरवपूर्ण उपलब्धिमा भक्तपुर घरेलु तथा साना उद्योग संघ, सुर्यविनायक नगर समितिकाे तर्फबाट अध्यक्ष श्यामसुन्दर श्रेष्ठले बधाई ज्ञापन गर्दैर् संयोजक मचामसीको सफल कार्यकाल र आगामी दिनहरूमा अझ उन्नत सफलता र सेवाको शुभकामना व्यक्त गर्नुभएको छ।

संघ तथा समुदायको तर्फबाट यस्तो सम्मानले स्थानीय स्तरमा कृषकहरूको मनोबल बढाउने विश्वास व्यक्त गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.