भर्खरै : Sorry, your browser does not support inline SVG.

पौडी खेल्ने क्रममा दुई जनाको मृत्यु

पौडी खेल्ने क्रममा दुई जनाको मृत्यु

काठमाडौं । नुवाकोटको तादी खोलामा पौडी खेल्ने क्रममा दुई जनाको मृत्यु भएको छ । बेलकोटगढी नगरपालिका–१० मा रहेको तादी खोलामा हिजो पौडी खेल्ने क्रममा डुबेर बेलकोटगढी–१३ का १९ वर्षीय रोजन तामाङ र ककनी गाउँपालिका–४ का १८ वर्षीय हिमाल तामाङको ज्यान गएको नुवाकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) तिलक भारतीले जानकारी दिए ।

तादी खोलामा पौडी खेल्ने गएका ६ जनामध्ये रोजन र हिमाललाई घुमाउने भन्ने ठाउँबाट बगाएको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.