भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

माछा मार्ने क्रममा करेन्ट लागेर कास्कीमा एकजनाको मृत्यु

माछा मार्ने क्रममा करेन्ट लागेर कास्कीमा एकजनाको मृत्यु

काठमाडौं । कास्कीमा माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। पोखरा महानगरपालिका ३१ किमबेसीका २५ वर्षीय विष्णु थापा मगरको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माका अनुसार शुक्रबार अपराह्न करिब साढे पाँच बजेको समयमा पोखरा महानगरपालिका ३० स्थित खुदीखोलामा ब्याट्रीबाट करेन्ट लगाई माछा मार्ने क्रममा अचानक करेन्ट लागेपछि उनी घाइते भएका थिए।

लगत्तै उपचारका लागि सरुवा तथा सङ्क्रमण अस्पताल शिसुवा लगिएको थियो। केही बेरमा नै उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

 

 


Thali Mobile Pvt.Ltd.