भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

माछा मार्ने क्रममा करेन्ट लागेर कास्कीमा एकजनाको मृत्यु

माछा मार्ने क्रममा करेन्ट लागेर कास्कीमा एकजनाको मृत्यु

काठमाडौं । कास्कीमा माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। पोखरा महानगरपालिका ३१ किमबेसीका २५ वर्षीय विष्णु थापा मगरको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माका अनुसार शुक्रबार अपराह्न करिब साढे पाँच बजेको समयमा पोखरा महानगरपालिका ३० स्थित खुदीखोलामा ब्याट्रीबाट करेन्ट लगाई माछा मार्ने क्रममा अचानक करेन्ट लागेपछि उनी घाइते भएका थिए।

लगत्तै उपचारका लागि सरुवा तथा सङ्क्रमण अस्पताल शिसुवा लगिएको थियो। केही बेरमा नै उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

 

 


Thali Mobile Pvt.Ltd.