भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

प्रधानमन्त्रीमा ओलीको नियुक्ति भोलि हुने

प्रधानमन्त्रीमा ओलीको नियुक्ति भोलि हुने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री नियुक्त हुने भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई आइतबार बिहान प्रधानमन्त्री नियुक्त गर्न लागेका हुन्।

प्रधानमन्त्रीको शपथग्रहण दिउँसोका लागि तय भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। राष्ट्रपति कार्यालय शीतलनिवासमा हुने कार्यक्रमलगत्तै उनले पदभार ग्रहण गर्नेछन्।

नेपाली कांग्रेसका ८८ र एमालेका ७७ गरी कुल १६५ सांसदको समर्थनमा ओलीले दाबी पेस गरेका हुन् । शुक्रबार बेलुका एमाले अध्यक्ष ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीतलनिवास पुगेर दाबी पेश गरेका थिए।

राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेपछि ओली प्रधानमन्त्री बन्ने बाटो खुलेको थियो।

 


Thali Mobile Pvt.Ltd.