भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

वाटर ड्रोनको प्रयोगबाट त्रिशुलीमा बेपत्ता बस र यात्रु खोजिदै

वाटर ड्रोनको प्रयोगबाट त्रिशुलीमा बेपत्ता बस र यात्रु खोजिदै

काठमाडौं‌ । चितवनमा भएको बस दुर्घटनमा बेपत्ता भएकाहरुको खोजीका लागि वाटर ड्रोनको प्रयोग सुरु गरिएको छ । २८ गते त्रिशुलीमा दुई यात्रुवाहक बस दुर्घटनामा परी बेपत्ता भएकाहरूको पानीभित्र प्रयोग गरी खोज्न सकिने सोनार क्यामरा, वाटर ड्रोन, पाईपलाइन इन्सपेक्सन सिस्टम सहित खोजीकार्य सुरु गरिएको छ ।

र्‍याफ्टबोटमा जडान गरेर पानी भित्रको वस्तुहरु हेर्न सोनार क्यामराले सहयोग पुर्‍याउने सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले कैलाश खबरलाई बताए । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ९ जना गोताखोरसहित २५ जना र नम्बर १७ गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्त सहित ३५ जनाको सुरक्षा फौज बेपत्ता यात्रुको खोजीकार्यमा परिचालित छ ।

साथै नेपाली सेना र नेपाल प्रहरी समेत परिचालित रहेका छन् । सिमलतालमा शुक्रबार बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिरोले त्रिशूलीमा बगाएको थियो । बसमा सवार तीन जना पौडिएर ज्यान जोगाउन सफल भएका थिए ।

 


Thali Mobile Pvt.Ltd.