भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

वाटर ड्रोनको प्रयोगबाट त्रिशुलीमा बेपत्ता बस र यात्रु खोजिदै

वाटर ड्रोनको प्रयोगबाट त्रिशुलीमा बेपत्ता बस र यात्रु खोजिदै

काठमाडौं‌ । चितवनमा भएको बस दुर्घटनमा बेपत्ता भएकाहरुको खोजीका लागि वाटर ड्रोनको प्रयोग सुरु गरिएको छ । २८ गते त्रिशुलीमा दुई यात्रुवाहक बस दुर्घटनामा परी बेपत्ता भएकाहरूको पानीभित्र प्रयोग गरी खोज्न सकिने सोनार क्यामरा, वाटर ड्रोन, पाईपलाइन इन्सपेक्सन सिस्टम सहित खोजीकार्य सुरु गरिएको छ ।

र्‍याफ्टबोटमा जडान गरेर पानी भित्रको वस्तुहरु हेर्न सोनार क्यामराले सहयोग पुर्‍याउने सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले कैलाश खबरलाई बताए । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ९ जना गोताखोरसहित २५ जना र नम्बर १७ गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्त सहित ३५ जनाको सुरक्षा फौज बेपत्ता यात्रुको खोजीकार्यमा परिचालित छ ।

साथै नेपाली सेना र नेपाल प्रहरी समेत परिचालित रहेका छन् । सिमलतालमा शुक्रबार बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिरोले त्रिशूलीमा बगाएको थियो । बसमा सवार तीन जना पौडिएर ज्यान जोगाउन सफल भएका थिए ।

 


Thali Mobile Pvt.Ltd.