भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बालेन शाहको घर अगाडि कबाडी थुपार्न स्वतन्त्र सांसद सिंहले आग्रह

बालेन शाहको घर अगाडि कबाडी थुपार्न स्वतन्त्र सांसद सिंहले आग्रह

काठमाडौं । सबै कबाडी र फोहोर बालेन शाहको घर अगाडि थुपार्न स्वतन्त्र सांसद अमरेशकुमार सिंहले आग्रह गरेका छन् । कबाड व्यवसायीहरूलाई काठमाडौं महानगरपालिका र महानगरपालिकाका मेयर बालेन शाहले दुःख दिएको भन्दै बुधबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै उनले उक्त आग्रह गरेका हुन ।

महानगरपालिकाले सडक विभाग अगाडि फोहोर थुपारिदिएको थियो । महानगरका मेयर शाहलाई उनले पपुलिजमको समेत संज्ञा दिए । ‘पपुलिज्मको नाममा दुनियाँमा तानाशाही जन्मिएको छ । हिटलर पनि निर्वाचित भएर आएका थिए’ उनले भने, ‘तर हिटलरको कारणले जर्मनीको के हाल भएको थियो ?’ पपुलिजमको अवस्थामा मेयर शाहले समर्थन पाइरहेको पनि उनको टिप्पणी छ ।

‘बालेन जी, यहीँको मेयरले सिकाएको छ कि, यदि काम भएन भने त्यहाँ नै फोहोर थुपार्ने । म यही संसद्‌मार्फत तमाम कबाड व्यवसायीहरूलाई आग्रह गर्न चाहन्छु– सबै फोहोर महानगरपालिका र बालेन शाहको घरको अगाडि थुपारौं, त्यसको लागि हामी साथमा छौं,’ उनले भने । यस्तो महानगरका मेयर शाहले नै सिकाएको उनले बताए । ‘टिट फर ट्याट । उहाँले नै यो सिकाएको हो,’ उनले भने ।

 


Thali Mobile Pvt.Ltd.