भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

संसद्का दुवै सदनको बैठक बस्दै, सम्भावित कार्यसूची यस्तो छ

संसद्का दुवै सदनको बैठक बस्दै, सम्भावित कार्यसूची यस्तो छ

काठमाडौँ । संसद्का दुवै सदनको बैठक बस्दै छ । प्रतिनिधि सभा बैठक दिउँसो १ बजे बस्नेछ भने राष्ट्रिय सभा बैठक सवा १ बजे बस्ने छ । आजको बैठकमा सहरी विकास मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ ।

राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, २०७९–८० सभासमक्ष पेस गर्ने कार्यसूची छ । भने प्रतिनिधि सभामा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहितको राष्ट्रिय सभामा उत्पत्ति भएको सार्वजनिक सेवा प्रसारण विधेयक, २०७८ छलफलका लागि प्रस्ताव गर्ने छन् ।

यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति सदस्य मायाप्रसाद शर्माले सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको पाँचौँ वार्षिक प्रतिवेदन, २०८०–८१ पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले विषयगत समितिका रिक्त सभापति पदको निर्वाचनको दिन तोक्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.